काठमाडौँ, वैशाख १२ । डा. बाबुराम भट्टराई–उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टी फुटाउने योजनामा पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटाको संलग्नता रहेको सनसनीपूर्ण खुलासा भएको छ ।
बाँस्कोटाको कमजोर योजनामा अति विश्वास गर्दा प्रधानमन्त्री केपी ओली फेरि एक पटक यो कपटपूर्ण कामबाट बल्ड्याङ खान पुगेका हुन् । बाँस्कोटाले समाजवादी पार्टी फुटाउन सम्पूर्ण तयारी गरेको विश्वासमा प्रधानमन्त्री ओलीले ओलीले आफ्नै पार्टीमा समेत जानकारी नगराई दल विभाजनको अध्यादेश ल्याएको पुष्टि हुँदै गएको छ ।
समाजवादी पार्टी फुटाउन चाहिने ४० प्रतिशत सांसद नपुगेपछि महोत्तरीदेखि अपहरण शैलीमा काठमाडौं भित्र्याइएका पूर्वस्वास्थ्य राज्यमन्त्री एवं सांसद डा.सुरेन्द्र यादवले यस कुराको खुलासा गरेका हुन् ।
शुक्रबार बिहान नेपाली रेडियो नेटवर्कका लागि पत्रकार ऋषि धमलालाई दिएको अन्तर्वार्तामा समाजवादी पार्टी सांसद डा. यादवले समाजवादी पार्टी विभाजनको जिम्मा गोकुल बाँस्कोटाले पाए पनि फत्ते गर्न नसकेको बताएका हुन् ।
बाँस्कोटाले नसकेपछि यो काममा प्रधानमन्त्री ओलीका अतिनिकटका भनेर चिनिएका नेकपा सांसद महेश वस्नेत र किसान श्रेष्ठ परिचालन गरिएको खुलेको हो । त्यस काममा सघाउन पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल अघि सरेको पनि खुलेको छ ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहस कार्यक्रममा पत्रकार धमलासँग डा. यादवले बाँस्कोटा असफल भएपछि वस्नेत र पूर्वआईजीपी खनाललाई खटाइएको बताएका हुन् ।
महोत्तरीदेखि काठमाडौँको होटल मेरियटसम्म आउँदा र होटलबाट भाग्दासम्मको पूर्ण विवरण दिँदै डा. यादवले भनेका छन्, ‘जनकपुरबाट बर्दिवास आउँदै गर्दादेखि नै पार्टी विभाजनमा आफूलाई प्रयोग गर्न खोजिएको थाहा पाएको, त्यहीक्रममा बाटोमै प्रधानमन्त्री ओलीले फोन गरेको, होटलमा पुगेपछि पनि आफूलाई पिछा गरिएको तर विहानै छक्याएर बाबुराम भट्टराईको गाडीबाट भागेर निस्किन सफल भएँ ।’
पूर्व आईजीपी खनालले प्रधानमन्त्रीको निवासबाटै दुई दिनमा दुई पटक सम्पर्क गरेको र प्रधानमन्त्रीले भेट्न चाहेको बताएको पनि उनले खुलाएका छन् ।
डा. यादवको भनाइमा यस्तोछ, महोत्तरीदेखि काठमाडौंसम्म ल्याउँदाको पूर्ण विवरणः
‘म यो प्रकरणलाई के नाम दिएर भनौँ यो शैली अपहरण प्रकारको हो कि हैन । अलि अलि हल्ला त पहिले पनि चलेको थियो कि प्रधानमन्त्रीले हाम्रो पार्टीका केही नेतालाई प्रभावमा पार्न खोजिरहनुभएको छ । सुरुमा पूर्वआइजीपी सर्वेन्द्र खनालको प्रधानमन्त्री कार्यलयबाट फोन आएको थियो । प्रधामन्त्रीले भेट्न चाहनुभएको छ भन्नुभयो । भोलिपल्ट फेरी १० बजेतिर खनालले फोन गर्नुभयो । मैले म लकडाउन खुलेपछि काठमाडौँ आउँछु अनि कुरा गरौला भने ।
तर, दोस्रो दिनमा त उहाँले काम परेर हामी यतै आएका छौँ । म घरमै आउँछु, तपाई घरमै बस्नुस भन्नुभयो । मलाई शंका भयो र मसँग भएका दुइवटा मोवाइलका सीम निकालेर श्रीमतीको ज्वाइको भाइको नामको मोबाइलको सीम राखेर कुरा गरे । सीम परिवर्तन गरेर फेरी फोन गरे । मलाई उहाँ बोर्डरमा अहिलेको समस्याबारे आउनुभएको होला भने लागेको थियो ।
खनालसँगै महेश बस्नेत र किसान श्रेष्ठ आउनुभयो । घरमा आएपछि गइहालौ भन्नुभयो । खान खाएर जाउँ भन्दा उहाँहरुले सांसद रामबाबुलाई भेटनुछ भनेर फोन गरे । तर, उठेन । त्यसपछि म तल आएर तत्काल डा बाबुराम भट्टराईलाई फोन गरे । फोन पहिलो पटक उठेन र एसएमएस गरेपछि बाबुरामले फोन गर्नुभयो ।
उहाँहरुले मलाई कर गर्नुभो । तपाईप्रति सरकार पोजेटिभ छ । तपाइले सहयोग गर्नुपर्यो भन्नुभयो । ‘र’ र ‘वा’ जस्ता कुराहरु उहाँहरुले धेरै गर्नु भयो । यसले पनि मलाई शंका लाग्यो । आफ्नै पार्टीमा पनि असन्तुष्ट छ भनेर मैले अध्यक्ष ज्यूलाई अवगत गराएको थिए । तपाइमाथि धेरै समस्या आउन सक्छ । भन्दै उहाँहरुले प्रधानमन्त्री साथमा हुनुहुन्छ भन्न थाल्नुभयो ।
मैले धेरै ढिलो गर्दा पनि उहाँहरुले हतार गर्नुभयो । त्यसपछि मैले मेरा विश्वाससिलो मान्छेलाई पछि लगाए । बर्दिवास पुगेपछि के कुरा हो भनेर सोधे । पार्टी फुटाउने कुरा भयो । तर, मलाई कुनै पनि शर्तमा अलग गाडीमा बस्न दिइएन । जनकपुरमा डा साव पनि भेटे ।
जनपुरको रामानन्द चोकमा अलिकति सूचना लिक भयो । फेरी बर्दिवास पुग्यौँ । मेरो बोवाइल रातो गाडीमा छुट्यो । अनी म अपहरणमा परेको कुरा लिक भयो । प्रदेश मन्त्रीसम्म पुग्यो । सिन्धुलीमा आएर खाना खायो । काठमाडौ ल्याउदा काभ्रेमा खाना खुवाउनु भयो । उहाँहरुले पावरको कुरा गर्नुभयो ।
हामी होटलमा पुग्याँै । हाटेलमा जब मैले रुम पाए । ७०३ नम्बरको कोठा थियो होटल मेरियटको । मैले उहाँलाई छुक्याएर होटलको रुम नम्बर अध्यक्ष र डा बाबुराम भट्टराईलाई पठाइसकेको थिए । उहाँहरु अलग रुममा हुनुहुन्थ्यो । होटलमा पुगेपछि थाहा भयो यो कामको जिम्मा गोकुल बास्कोटालाई दिएको थियो । बाटोमा आउदा किसान जीले फोन गरेपछि प्रधानमन्त्रीसँग पनि कुरा गराउनु भो । होटलमा पनि उहाँहरु एक दुई जना आउने जाने गर्नु भएकै थियो ।
विहान ५ बजे फेरी आउनु भयो उहाँहरु कुरा गरौँ भन्नु भो । मैले ७ बजेतिर गरौला एकछिन सुतौं भनेपछि जानुभयो । यहि मौका छोपेर म मर्निक वाक गर्न मिल्छ कि भनेर सुरक्षा गार्डलाई सोधेर बाहिर निस्के । १५ मिटेर जति वाक गरे । त्यही समयमा डा बाबुराम भट्टराईको गाडी आयो । त्यसैमा म बाबुरामको घरमा पुगे ।’
दिपायल । दिपायल सिलगढी नगरपालिको पाँचौं स्थानिय तह स्तरीय राष्ट्रपति...