
दिपायल – डोटीमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने भएको छ।
दिपायल सिलगढी नगरपालिका वडा नं ६ जिल्ला अस्पताल डोटीमा स्वास्थ्य शिविर सञ्चालन गरिने भएको हो । जिल्ला अस्पतालमा वैशाख १६ गते स्वास्थ्य शिविर सञ्चालन हुन लागेको हो ।
भैरव प्रसाद गण र माया मेट्रो अस्पतालको संयुक्त आयोजनामा यो शिविर सञ्चालन गर्न लागिएको हो ।
जिल्लाका गाउँ भेगका जनता अझै पनि आर्थिक अभावका कारण रोग पालिरहेको अवस्थालाई मध्यनजर गर्दै उक्त शिविरको आयोजना गर्न लागिएको दिपायल सिलगढी नगरपालिका –६ का वडा अध्यक्ष नरेश मलासिले बताएका हुन् ।
शिविरमा विभिन्न क्षेत्रमा विशेषज्ञ चिकित्सकहरूले सेवा दिने वडा अध्यक्ष मलासिले बताएका छन् ।
शिविरमा माया मेट्रो अस्पताल धनगढीका हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डा .पूजन पन्त,बाल रोग विशेषज्ञ डा .सुलोचना दाहाल,छाला तथा यौन रोग विशेषज्ञ डा. प्रियङ्का मैनाली , स्त्रीरोग विशेषज्ञ डा .रवीन्द्र देवकोटा ,दन्त रोग विशेषज्ञ डा. प्रेरणा शर्मा बाट सेवा प्रदान गरिने माया मेट्रो अस्पतालका अध्यक्ष धिरेन्द्र साउदले जानकारी दिएका छन् ।
धेरै जसो विशेषज्ञ सेवा एकै थलोमा पाइने भएका कारण आर्थिकरुपमा विपन्न भएका जनतालाई थोरै भए पनि फाइदा पुग्ने बताए ।
त्यस्तै शिविरमा जिल्ला अस्पताल डोटीका जनरल प्राक्टिस तथा मेडिसिन विशेषज्ञ डा. नीराजन श्रेष्ठ ,जनरल फिजिसियन तथा इन्टरनेट मेडिसिन विशेषज्ञ डा. जुनु लावती र बाल रोग विशेषज्ञ डा. ललित सुरीद्वारा सेवा प्रदान गरिने जिल्ला अस्पताल डोटीका मेडिकल सुपरिटेन्डेन्ट डा .नीराजन श्रेष्ठले जानकारी दिए ।
जिल्लामा अधिकांश जनता आर्थिक अभावमा स्वास्थ्य सेवाको पहुँच भन्दा बाहिर रहेकाले शिविरले आर्थिक अभावमा रोग पालेर बसेका जनतालाई ठुलो राहत पुग्ने भैरव प्रसाद गणका गणपति प्रमुख सेनानी जनमत बहादुर कार्कीले बताए ।
शिविरमा ल्याब र एक्स–रे सेवा पनि प्रदान गरिने भएको छ।
निःशुल्क स्वास्थ्य शिविरमा बिरामीहरूले सेवा लिएर फाइदा लिन सबैमा आयोजकले अनुरोध गरेको छ।
पेट्रोलियम पदार्थको मूल्य घट्यो, एलपी ग्यास सिलिन्डरमा १०० रुपैयाँ सस्तो...