२०८३ बैशाख ७, सोमबार
April 20, 2026, Monday

महाकाली किनारमा एक जनाको शव फेला

धनगढी- कञ्चनपुरको महाकाली नदी किनारमा एक जना मृत फेला परेका छन्। निर्माणाधिन चार लेन पक्की पुलको दक्षिण तर्फको नदी किनारमा शव भेटिएको हो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोली घटनास्थलमा पुगेर अनुसन्धान थालेको छ। प्रहरीका अनुसार वडा नं. १२ घर भएर महाकालीमा बालुवा छपानको काम गर्ने करिब ६५ वर्षीय रामस्वरुप सुनारको शव आज (बुधबार) बिहान नदी किनारमा भेटिएको हो। स्थानीयले त्यसको जानकारी दिएपछि प्रहरी घटनास्थल पुगेर अनुसन्धानमा थालेको छ। मृत्युको कारण पोष्टमार्टम रिर्पोटपछि थाहा हुने प्रहरीले बताएको छ।

Related News

ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
  • २०८० बैशाख ६

दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...

TOP