२०८३ बैशाख ७, सोमबार
April 20, 2026, Monday

महेन्द्रनगरको डेरीमा आगलागी

फाईल फोटो

कञ्चनपुर – कञ्चनपुरको महेन्द्रनगरमा रहेको एक डेरीमा आगलागी भएको छ। भीमदत्त नगरपालिका–४ क्याम्पस रोडमा रहेको पाठक डेरीको तेस्रो तल्लामा सोमबार बिहान आगलागी भएको हो।

पूजा कोठामा बिजुलीको तार सर्ट भएर आगलागी हुँदा करिब डेढ लाख मूल्य बराबरको सरसमान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डिएसपी) प्रकाश डाँगीले बताए। स्थानीय, छिमेकी र प्रहरीसँगै भीमदत्त नगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिइएको छ। आगलागी भएको छोटो समयमै आगो नियन्त्रणमा लिइएकाले धेरै क्षति हुन नपाएको प्रहरीले जनाएको छ।

Related News

ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
  • २०७९ चैत्र २७

दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...

TOP