२०८२ बैशाख २९, सोमबार
May 12, 2025, Monday

महेन्द्रनगरको डेरीमा आगलागी

फाईल फोटो

कञ्चनपुर – कञ्चनपुरको महेन्द्रनगरमा रहेको एक डेरीमा आगलागी भएको छ। भीमदत्त नगरपालिका–४ क्याम्पस रोडमा रहेको पाठक डेरीको तेस्रो तल्लामा सोमबार बिहान आगलागी भएको हो।

पूजा कोठामा बिजुलीको तार सर्ट भएर आगलागी हुँदा करिब डेढ लाख मूल्य बराबरको सरसमान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डिएसपी) प्रकाश डाँगीले बताए। स्थानीय, छिमेकी र प्रहरीसँगै भीमदत्त नगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिइएको छ। आगलागी भएको छोटो समयमै आगो नियन्त्रणमा लिइएकाले धेरै क्षति हुन नपाएको प्रहरीले जनाएको छ।

Related News

शिखर- ३ मा दुई तले प्रसूति गृहको शिलान्यास 
शिखर- ३ मा दुई तले प्रसूति गृहको शिलान्यास 
  • २०७९ चैत्र २७

दिपायल – शिखर नगरपालिका – ३ पल्लेगडामा प्रसूति गृह निर्माण...

TOP