२०७८ बैशाख ४, शनिबार
April 17, 2021, Saturday

निको भए थप दुई जना कोरोना संक्रमित : सुदूरपश्चिममा महिला संक्रमित मात्रै अस्पतालमा

प दुईजना कोराना स्रक्रमित निको भएर घर फर्किएका छन् । योसँगै कोरानालाई जित्ने नेपालीको सङ्ख्या ७ पुगेको छ । यसअघि पाँच जना संक्रमित निको भएर घर फर्किसकेका छन् ।

बुधबार टेकु अस्पतालमा उपचार गराइरहेका धादिङका ३४ वर्षीय युवक र सेती अञ्चल अस्पतालमा उपचार गराइरहेका कञ्चनपुरका ४० वर्षीय पुरुष निको भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

निको भएका धादिङका युवक नेपालको तेस्रो संक्रमित हुन् ।  उनी  चैत ६ गते १६० यात्रु बोकेको एयर अरेबियाको उडान नम्बर जी-९५३७ विमानमा  नेपाल आएका थिए ।

पीसीआर परीक्षका क्रममा कोरोना पुष्टि भएपछि उनी चैत १२ गते भर्ना भएका थिए । उपचारका क्रममा पछिल्ला रिपोर्टहरु नेगेटिभ आएपछि उनलाई बुधबार नै डिस्चार्ज गर्ने निर्णय भएको थियो । तर आफन्तहरु लिन आउन नभ्याएपछि घर जान पाएनन् ।

यस्तै सेती प्रादेशिक अस्पतालमा उपचाररत कञ्चनपुरको बेदकोट नगरपालिका-९ सुन्दरपुरका ईन्द्रबहादुर बिक पनि निको भएर घर फर्किएका छन्  ।

तेश्रो र चौथो रिपोर्ट नेगेटिभ आएपछि उनी घर फर्किएका हुन् । चैत २१ गते उनको थ्रोट स्वावको नमूना परीक्षण गर्दा पोजेटिभ आएपछि  २२ गते उनलाई सुन्दरपुरबाट धनगढी ल्याइएको थियो ।

उनीसँगै कैलालीका स्थानीय महिलासहित अन्य दुईजनामा कोरोना संक्रमण पुष्टि भएको थियो  । त्यसअघि विदेशबाट आएका एक जनामा संक्रमण भएको थियो । संक्रमित मध्ये कैलालीको लम्की चुहा नगरपालिकाका २१ वर्षीय राज बिक र धनगढी उप-महानगरपालिका-५ का ३४ वर्षीय अमृत शाही निको भएर घर फर्किसकेका छन् ।

अब सुदूरपश्चिमका ४ संक्रमित मध्ये एकजना महिलाको मात्रै उपचाररत छन् ।

डिस्चार्ज भए पनि धादिङका युवक घर जान पाएनन्

अस्पतालले डिस्चार्ज गरे पनि आफन्तहरु लिन आउन नभ्याएपछि धादिङका ३४ वर्षीय युवक आज घर जान पाएनन् । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको निर्देशक सागर राज भण्डारीको अनुसार कोही आफन्त लिन नआएपछि उनी घर जान नपाएका हुन् ।

उनले भने, ‘अब यता होटलहरु सबै बन्द छ, कतै बस्न सक्ने कुरा भएन, लकडाउनको कारण धादिङबाट आफन्तहरु आजै आउन सकेनन् ।’

अस्पतालको निर्देशक राज भण्डारीका अनुसार धादिङमा रहेका उनका आफन्तहरुलाई ढिलो खबर पुगेको कारण तुरुन्त आउन नसकेका हुन् ।

सोही कारण नेत्रावत्री गाउँपालिकाको स्वास्थ्य संयोजकलाई अस्पतालले खबर गरिदिएको छ । गाउँपालिकाले उनलाई लिन बिहीबार एम्बुलेन्स पठाउने जनाएको छ । राजभण्डारीले भने, ‘उनी भोलि घर पुग्छन् ।’

Related News

डेउडा प्रतिष्ठानको सल्लाहकार समिति चयन : संयोजकमा बलायर
डेउडा प्रतिष्ठानको सल्लाहकार समिति चयन : संयोजकमा बलायर
  • २०७७ बैशाख १०

कैलाली- डेउडा प्रतिष्ठानको सल्लाहकार समिति चयन गरिएको छ । सुदूरपश्चिम तथा कर्णाली प्रदेशको लोक संस्कृती, डेउडाको संरक्षण एबं सम्बद्र्धन गर्न...

नेपालमा फैलियो डबल म्युटेन्ट र  यूके भेरियन्ट कोरोना
नेपालमा फैलियो डबल म्युटेन्ट र यूके भेरियन्ट कोरोना
  • २०७७ बैशाख १०

काठमाडौं- नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट (यूके भेरियन्ट) फैलिएको पुष्टि भएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक कृष्णप्रसाद पौडेलका अनुसार...

केआइसिंहमा शुभकामना आदान प्रदान
केआइसिंहमा शुभकामना आदान प्रदान
  • २०७७ बैशाख १०

डोटी- केआइसिंह गाउँपालिकामा नयाँ वर्ष २०७८ एवं बिसौं पर्वको शुभकामना आदान प्रदान गरिएको छ । नेपाली कांग्रेस केआइसिंह गाउँपालिका वडा...

TOP