२०८३ बैशाख ४, शुक्रबार
April 17, 2026, Friday

लागूऔषधसहित एक जना पक्राउ

डडेल्धरा – डडेल्धुरामा लागूऔषधसहित एक जना पक्राउ परेको छन्। चरेससहित पक्राउ पर्नेमा अमरगढी नगरपालिका-८ खनमडा गाउँका ६० वर्षीय करन राज पाण्डेय हुन्।

पाण्डेयले आफ्नो खुद्रा पसलबाट लागूऔषध (चरेस) को कारोबार गर्ने गरेको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले छापा मार्दा चरेस भेटिएको हो। उक्त स्थानमा शंकास्पद पसल तथा घर खानतलासी गर्दा लुकाई छिपाई राखेको अवस्थामा चरेससहित उनलाई पक्राउ गरी कानुनबमोजिम थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक मनोहर प्रसाद भट्टले जानकारी दिए।

पक्राउ परेका पाण्डेयलाई प्रहरीले पत्रकार सम्मेलन गरी आइतबार सार्वजनिक गरेको हो।

Related News

ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
  • २०७९ चैत्र २६

दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...

TOP