२०८३ बैशाख ७, सोमबार
April 20, 2026, Monday

मलेरियाको उच्च जोखिम क्षेत्रमा विषादी छर्किंदै

कञ्चनपुर – कञ्चनपुरमा मलेरियाको उच्च जोखिम रहेको क्षेत्रमा विषादी छर्किएको छ।

जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरले जिल्लाभरि जोखिम रहेका क्षेत्रमा मलेरियाको विषादी छर्किने अभियान सुरु गरेको छ। जिल्लाका उच्च जोखिम भएका क्षेत्रमा विषादी छर्किन लागेको स्वास्थ्य कार्यालयका औलो निरीक्षक सिद्धराज भट्टले बताए।जिल्लामा मलेरीयाको उच्च जोखिम रहेको क्षेत्र भीमदत्त नगरपालिका–१ र कृष्णपुर नगरपालिका–५ मा विषादी छर्किन लागिएको हो।


मध्यम जोखिम भएका क्षेत्रमा झुल वितरण गरेका भट्टले बताए। ‘सरकारको योजनाअनुसार सन् २०२५ सम्ममा जिल्लामा मलेरिया शून्यमा झार्ने लक्ष्यले काम भइरहेको छ।’त्यसैगरी भीमदत्तका वडा नं ९, १० र बेदकोट नगरपालिकाका वडा नं १, २ र ६ का सबै नागरिकलाई झुल वितरण गरिएको छ।


कञ्चनपुरमा चालु आर्थिक वर्षमा २१जना मलेरियाका बिरामी फेला परेका छन्। तीमध्ये १६ बाहिरबाट आएका व्यक्तिमा सङ्क्रमण देखिएको भट्टले बताए। त्यसमध्ये छ जनामा कडा खाले मलेरिया देखिएको छ भने अन्य १४ मा कम कडा भएको मलेरिया देखिएको निरीक्षक भट्टले बताए।

Related News

ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
  • २०७९ चैत्र १९

दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...

TOP