२०८३ बैशाख ७, सोमबार
April 20, 2026, Monday

अवैध सामान सहित दुई मोटरसाइकल नियन्त्रणमा

कञ्चनपुर – कञ्चनपुरमा दुईवटा मोटरसाइकलसहित अवैध सामान बरामद गरिएको छ।

जिल्लाको कृष्णपुर नगरपालिका–८ को बिरेन्द्र सामुदायिक वन गौडीबाट दुई थान मोटरसाइकलसहित प्रहरीले भन्सार छलीका सामान बरामद गरेको हो।


इलाका प्रहरी कार्यालय झलारी र ईलाका प्रहरी कार्यालय रैकवारबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा से.३ प. १३६७ र से.३ प. ६७३६ नम्बरका दुई थान मोटरसाइलकसहित भन्सार छलीका सामान बरामद गरेको छ।

कुलर तीन थान, बिभिन्न कम्पनीका जुत्ता, स्टेप्लाईजर, पिठो गरी करिब दुई लाख तीन हजार तीन सय मुल्य बराबरका सामान प्रहरीले जफत गरेको हो। मोटरसाइकलसहित भन्सार छलीका सामान भन्सार कार्यालय गड्डाचौकी पठाएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

Related News

ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
  • २०७९ चैत्र १९

दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...

TOP