२०८३ असार १६, मंगलवार
June 30, 2026, Tuesday

बजेट फिर्ता हुँदा खेत बाँझै

बैतडी – सिँचाइ कुलो निर्माणका लागि प्राप्त बजेट किसानलाई थाहा नदिई सिँचाइ डिभिजन कार्यालयले फिर्ता पठाएपछि बैतडी मेलौलीका ५० घरपरिवारको १० हेक्टर खेत बाँझो हुने अवस्था आएको छ।

मेलौली नगरपालिका–१, मुद्रे–स्यालतडीमा सिँचाइ कुलो निर्माणका लागि प्राप्त एक करोड २० लाख रुपियाँ बजेट सिँचाइ डिभिजन कार्यालयले फिर्ता गरेको किसानले आरोप लगाएका छन्।

सुर्नया नदी किनारमा रहेको मेलौली नगरपालिका–१, मुद्रे–स्यालतडी खेतमा लाग्ने कुलो २०६२ सालमा आएको बाढीले बगाएपछि सो स्थानको खेत १८ वर्षदेखि बाँझो छ। सिँचाइ कुलो निर्माण गर्न सुदूरपश्चिम प्रदेश सरकारले २०७६ सालमा बजेट विनियोजन गरे पनि बहुवर्षीय ठेक्का हो भन्दै अलमल पारी सिँचाइ डिभिजन कार्यालयले बजेट फिर्ता गरेको किसान लालमनी भट्टले बताउनुभयो।

तत्कालीन सिँचाइ डिभिजन कार्यालय बैतडीका प्रमुख तेजप्रसाद दाहालले अहिले कोरोनाको डर छ, काम गर्न सकिन्न भनेर बजेट फिर्ता पठाएको बताइन्छ। प्रमुख दाहालले सिँचाइ योजना बहुवर्षीय भएकाले कोरोनाको कारण देखाउँदै योजनाको टेन्डर नै आह्वान नगरेको बताइन्छ। स्थानी किसान लालमनि भट्टले सिँचाइ कुलोका लागि आएको बजेट किसानसँग सल्लाह नै नगरी फिर्ता पठाएकोमा दुःख व्यक्त गर्नुभयो।

मेलौली नगरपालिकाको केन्द्रबाट चार घण्टाको पैदल दूरीमा रहेको मुद्रे–स्यालतडी गाउँ जान सिँचाइका कर्मचारीले अल्छी गरेका कारण बजेट फिर्ता भएको किसानको गुनासो छ। बाढीले सिँचाइ कुलो बगाएपछि यहाँका ५० परिवार विस्थापित भएर छिमेकी वडामा बसाइँ सरेको अगुवा किसान चिन्तामणि भट्टले बताउनुभयो। धान फल्ने खेतको कुलो बगाएपछि २०६२ सालदेखि कुलोका लागि तत्कालीन गाविस र जिविस धाए पनि माग पूरा नहुँदा बसाइँ सरेको उहाँले बताउनुभयो। उहाँले भन्नुभयो, “अब त हाम्रा घर पनि भत्किसके। खेतबारी झाडीमा परिणत भइसक्यो।”

Related News

नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीमा चुनौती: सदस्यता विवाद कायमै, ३ लाख नयाँ सदस्य थप्ने लक्ष्य
नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीमा चुनौती: सदस्यता विवाद कायमै, ३ लाख नयाँ सदस्य थप्ने लक्ष्य
  • २०७९ चैत्र १६

नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीमा चुनौती: सदस्यता विवाद कायमै, ३...

TOP