२०८१ जेष्ठ ४, शुक्रबार
May 17, 2024, Friday

निकुञ्ज छेउका बस्तीमा रेबिजको त्रास

कञ्चनपुर – गाईबस्तुमा एकपछि अर्को गरी रेबिज देखिन थालेपछि स्थानीयमा त्रास फैलिएको छ । खासगरी कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज छेउका बस्तीमा स्यालको टोकाइबाट गाईबस्तु मरेपछि स्थानीय त्रसित भएका छन् ।

‘रेबिज लागेर बाख्रा मरेपछि स्थानीयमा त्रास छ,’ भीमदत्त नगरपालिका १३ का वडाध्यक्ष रामबहादुर बोहराले भने, ‘बाख्रा र अन्य शंकास्पद गाईबस्तुको सम्पर्कमा आएकाहरूलाई पनि खोप लगाउन पहल भइरहेको छ ।’ उनका अनुसार निकुञ्जबाट आउने स्यालले टोकेर धेरै गाईबस्तुमा रेबिज देखिन सक्ने आशंका छ । उनले ३६ गाईबस्तुलाई खोप लगाइरहेको बताए ।

शनिबार मात्रै भीमदत्त नगरपालिका १३ बडैपुरमा स्यालले टोकेर एक बाख्रा मरेको थियो । उक्त बाख्राको परीक्षण गर्दा रेबिज पुष्टि भएको पशुपक्षी रोग अन्वेशण प्रयोगशाला धनगढीका प्रमुख डा. नरेश जोशीले बताउनु भयो । जोशीले भने, ‘दोधारा चाँदनीमा पनि केही गाईबस्तु मरेको जानकारी आएको थियो, तर ढिलो खबर आएकाले परीक्षण हुन सकेन ।’

रेबिज देखिएको स्थानका गाईबस्तुमा खोप लगाइँदै छ । बडैपुरमा ३६ गाईबस्तुमा खोप लगाइएको पशुविज्ञ अस्पताल महेन्द्रनगरका प्रमुख डा. पानसिंह ठगुन्नाले बताए । बडैपुर, चम्फापुर र तिलकपुरका गाईबस्तुलाई खोप लगाइँदै छ ।

Related News

सन्दीप लामिछाने निर्दोष ठहर, पीडितलाई सर्वोच्च जाने बाटो
सन्दीप लामिछाने निर्दोष ठहर, पीडितलाई सर्वोच्च जाने बाटो
  • २०७९ चैत्र १४

काठमाडौँ- क्रिकेटर सन्दीप लामिछानेको मुद्दालाई उच्च अदालत पाटनले उल्टाइदिएको छ...

TOP