मोरङ। उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर ३ भुल्के स्थित मस्जीद आसपासका थप ८ जनामा कोरोना संक्रमण भएको पाइएको छ। यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ३९ पुगेको छ ।
विराटनगरमा ल्याइएको स्वाब परिक्षणका क्रममा उनीहरुमा कोरोना संकमरण भेटिएको हो।
कोशी अस्पताल स्रोतका अनुसार उदयपुरका ६९ जनाको परिक्षणका क्रममा थप ८ जनामा पोजेटीभ देखिएको हो। यद्यपी स्वास्थ्य मन्त्रालयबाट यसको औपचारिक पुष्टी गर्न बाँकी छ।
उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर ३ भुल्के स्थित मस्जीदमा एक महिना अघि आईपुगेका १२ भारतीय र चार विराटनगरका सहित १६ जनाको पिसिआर परिक्षणमा १२ जनामा कोरोना पोजेटीभ देखिएको थियो। पोजेटीभ आएकाहरुलाई मस्जिदबाटै अस्पताल लगिएको थियो।
जमातीहरुको सम्पर्कमा आएका सोहि गाउँका थप मानिसको परिक्षणका क्रममा ८ जनाको कोरोना पोजेटिभ आएपछि गाउँ नै सलबन्दी गर्नुपर्ने माग जिल्लाका अन्य नागरिकहरुले गरेका छन्। प्रसासनले सो गाउँलाई कोरोना हटस्पटको रुपमा घोषणा गरि सील गर्न ढीलाई गर्न नहुने माग पनि उठेको छ।
उदयपुरमा कोरोना पोजेटिभ देखिएका १२ भारतीय जमाती सहित १६ जनालाई विराटनगरस्थित कोरोना अस्पतालको आईसोलेसनमा राखिएको छ । उदयपुरको केसको अनुसन्धान र कन्ट्याक ट्रेसिङ भइरहेको बेला यो नयाँ तथ्य आएको हो।
उदयपुरमा शनिबार गएको टोलीले शङ्कास्पद ६७ जनाको आरटी पिसिआर परीक्षणका लागि नमूना सङ्कलन गरेको थियो । आइतबार सिसिएमसीमार्फत नेपाली सेनाको हेलिकोप्टरले नमूना सङ्कलनको काम गरेको थियो।
दिपायल । दिपायल सिलगढी नगरपालिको पाँचौं स्थानिय तह स्तरीय राष्ट्रपति...