२०८३ बैशाख ४, शुक्रबार
April 17, 2026, Friday

डडेल्धुरामा जंङ्गली जनावरको आतंक दिन प्रतिदिन बढ्दै

डडेल्धुरा – डडेल्धुरामा जंङ्गली जनावरको आतंक दिनप्रतिदिन बढ्दै गएको छ। डिभिजन बनकार्यालय डडेल्धुराका बन अधिकृत रणेन्द्र सिंहले यस आर्थिक बर्षमा बन्युजन्तुका कारण चार जना घाईते र एक जनाको मृत्यु भएको बताए । सवै भन्दा बढी चितुवा र बँदेलका कारण क्षती भएको कार्यालयको तथ्याङ्कमा छ।

चितुवाको आक्रमणमा परि जिल्लाको गन्यापधुरा गाउँपालिका वडा नं ४ मेड्डीका नरबहादुर धानुक ,आलिताल गाउँपालिका वडा नं ३ गाङखेतका गगनसिंह बोहरा घाईते भएको तथ्यांकमा उल्लेख छ।

चितुवाले भागेश्वर गाउँपालिका वडा नं. ४ बगरकोटमा गोपाल सार्किका ६ वटा बाख्रा समेत मारेको छ।बँदेलको आक्रमणमा परि अमरगढी नगरपालिका वडा नं ५ जिलोडाकी कमला देवी ओझा घाईते भएकी छन । उनको डडेल्धुरा अस्पतालमा उपचार सम्भव नभएपछि काठमाण्डौ रेफर गरि उपचार भैरहेको पारिवारीक स्रोतले बताएको छ।

जंङ्गली जनावरको आक्रमणबाट घाईतेहरुको उपचार एमिनग्लोबल भ्याकसीन दिनु पर्ने बाहेक सवै प्रकारका घाईतेहरुको उपचार सम्भव भएको डडेल्धुरा अस्पतालका मे.सु.डा चेतराज भट्टले बताए। ओझा माथी आक्रमण भएको महिना दिन नपुग्दै आईतवार बिहान अमरगढीकै वडा नं ३ गुजरलेकका गणेश पल्लेको खेतमा गएकाबेला बंदेलको आक्रमण बाट मृत्यु भएको छ। डिभिजन बनकार्यालय डडेल्धुराका प्रमुख सिंहले पछिल्लो पटक बन्यजन्तुले मानिस लगाएत पशुचौपाया हरु माथी आक्रमण गर्नुका साथै किशानले लगाएका बालीहरु समेत खानेगरेका घटनाहरु बढी रहेको बताए ।

प्रमुख सिंहले बन्यजन्तुका बाट भएको क्षती राहत स्वरुप डिभिजन कार्यालयको सिफारिसमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पठाउने र निकुञ्जले उचित राहत प्रदान गर्ने गरेको बताए ।
घाईतेको हकमा बढीमा २ लाख र मृत्यु भएमा १० लाख राहत स्वरुप सम्बन्धीत ब्यक्तीवा ब्यक्तीका परिवार लाई दिने गरिएको छ। बँदेल लगाएत चितुवाको आक्रमणबाट बच्न अवेर राती एक्लै घरबाहिर न निस्कनुनै उपयुक्त हुने देखिन्छ।

Related News

ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
  • २०७९ फाल्गुन २५

दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...

TOP