२०८३ असार १६, मंगलवार
June 30, 2026, Tuesday

ड्युटीमै बेहोस भएका प्रहरी सहायक हवल्दारको मृत्यु

बैतडी – बैतडीको मेलौली नगरपालिका २ सलेना प्रहरी चौकीमा कार्यरत प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ।

कैलालीको कैलारी गाउँपालिका-७ रतनपुर घर भएका अन्दाजी ३२ वर्षीय प्रहरी सहायक हवल्दार नविन चौधरीको ड्युटीको क्रममा एक्कासि बेहोस भएर मृत्यु भएको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

बुधबार दिउँसो ड्युटीका क्रममा एक्कासि बेहोस भएका चौधरीलाई उपचारका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा पुर्‍याउँदा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भईरहेको जनाईएको छ ।

Related News

नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीमा चुनौती: सदस्यता विवाद कायमै, ३ लाख नयाँ सदस्य थप्ने लक्ष्य
नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीमा चुनौती: सदस्यता विवाद कायमै, ३ लाख नयाँ सदस्य थप्ने लक्ष्य
  • २०७९ फाल्गुन १८

नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीमा चुनौती: सदस्यता विवाद कायमै, ३...

TOP