२०८३ असार १६, मंगलवार
June 30, 2026, Tuesday

वनभोज गएका युवा नदीमा मृत फेला

दिपायल – बैतडीमा साथीहरूसँग वनभोज गएका युवा मृत फेला परेका छन्।

जिल्लाको दशरथचन्द नगरपालिका वडा नम्बर ६ शेरा वनभोग गाएका युवा मृत फेला परेका हु्न्। दशरथचन्द नगरपालिका वडा नम्बर १० खडेनी घर भएका जीवन बुडाल चौलानी नदी किनारमा मृत फेला परेका प्रहरीले बताएको छ।

उनी शनिबार दिउँसो साथीहरुसँग वनभोज गएका थिए। शनिबार राति ९ बजे चौलानी नदीमा उनी मृत फेला परेका प्रहरीले जनाएको छ। घटनास्थलमा प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालय बैडतडीले जानकारी दिएको छ।

मृतक युवक शनिवार आफन्त केही नातेदारसहित दशरथचन्द नगरपालिका–६, शेरा हुँदै चौलानी नदीको जाडा बगडसम्म वनभोजका लागि गएका थिए।

Related News

नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीमा चुनौती: सदस्यता विवाद कायमै, ३ लाख नयाँ सदस्य थप्ने लक्ष्य
नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीमा चुनौती: सदस्यता विवाद कायमै, ३ लाख नयाँ सदस्य थप्ने लक्ष्य
  • २०७९ फाल्गुन १४

नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीमा चुनौती: सदस्यता विवाद कायमै, ३...

TOP