२०८१ आश्विन २९, मंगलवार
October 15, 2024, Tuesday

सरकारले व्यवास्ता गरेका प्रवासीलाई जनसम्पर्क समितिको राहत

पवन महरा

डोटीः कोरोना भाइरस (कोभिड १९) का कारण नेपाल तथा भारत सरकारले लकडाउनमा कडाई गरेपछि रोजगारिको सिलसिलामा भारत पुगेका हजारौं नेपालीहरु अलपत्र परेका छन् । भारतमा सञ्चालीत व्यवसाय, कम्पनी तथा होटलहरु बन्द भएपछि नेपालिहरुको विचल्ली नै भएको छ ।

सरकार तथा राजदुताबासलाई गुहार्दा गुहार्दा पनि आफुहरु लाई कसैले सहयोग नगरेको गुनासो बढ्दै आएको छ । भोकोपेट भारतमा गुजार्न नसके पछि कतिपयले हजारौं माइलको बाटो पैदल हिड्ने तयारी गरेका छन् त कतिपय सिमानाकामा अलपत्र परेका छन् । भारतले सिमानाकामा रहेकाहरुको लागि क्वारेण्टाइनको व्यवस्था गरे पनि नेपालीहरुलाई भारतिय सुरक्षाकर्मीले क्वारेण्टाइनमै दुरव्यवहार तथा अपहेलना गर्ने गरेको गुनासो गर्दै आएका छन् । धार्चुलाको क्वारेण्टाइनमा रहेका प्रवासी झन् आमाको किरिया गर्न समेत नेपाल आउँन नपाएको दर्दनाक पीडामा छन् ।

भारतका विभिन्न ठाउँमा रहेका नेपाली कामदारहरु भोक–भोकै बस्नु पर्ने बाध्यता रहेको छ । बिशेष गरेर होटलमा काम गर्ने प्रवासीले भारतका विभिन्न सहरमा कस्टकर जीवन विताइरहेका छन् । सर्वोच्व अदालतले बिदेशमा अलपत्र परेका तथा स्वदेश फर्किने नेपालीहरुलाई स्वदेश फिर्ता गर्न आदेश दिए पनि सरकारले कुनै पहल चालेको छैन ।

यसै क्रममा भारतमा रहेका नेपालीहरु नै अलपत्र परेका भोक–भोकै दिनरात बिताइरहेका प्रवासिहरुको साहरा बनेकाछन् । भारत स्थित नेपाली जनसम्पर्क समिति दक्षिण भारतले अलपत्र परेका नेपालीहरुको सहयोगका लागि विशेष राहतकोषको स्थापना गरेको छ । भारतको चेन्नई क्षेत्रमा केन्द्रिय समितिको निर्देशनमा क्षेत्रीय कार्यबहाक अध्यक्ष शिव बलायरको संयोजकत्व तथा क्षेत्रीय महिला संघकी अध्यक्ष सरस्वती निउरेकोे अध्यक्षतामा राहत कोष स्थापना गरिएको छ ।

शुक्रबार जनसम्पर्क समितिले केन्द्रिय सङ्गठन सचिव चन्द्रकान्त आचार्य तथा क्षेत्रीय महिला संघकी अध्यक्ष सरस्वती निउरेकोे रोहबरमा ३६ जनालाई खाद्यान्न वितरण गरेको छ । समितिले चेन्नईको माउन्टरोड नजिकै सिमसिम बस स्टपको पछाडि एउटै कोठामा बसेका सुदूरपश्चिम प्रदेशका ३६ जनालाई खाद्यान्न वितरण गरेको हो । उनिहरुलाई दाल, चामल तथा तरकारी वितरण गरिएको जनाइएको छ ।

त्यस्तै समितिका दक्षिण भारत कार्यवाहक अध्यक्ष शिवबहादुर बलायर तथा दक्षिण शाखा समितिका अध्यक्ष दिलिप बलायरको रोहबरमा चेन्नईको पनियुरमा रहेका सुदूरपश्चिमका ११ जना प्रवासीहरुलाई पनि खाद्यान्न वितरण गरिएको छ ।

अलपत्र परेका गन्यापधुरा गाउँपालिका डडेलधुराका इन्द्र सिंह नेपालीले भारतमा कोरोनाको कारण लकडाउन भएपछि होटल मालिकले तलव पनि नदिएर कामबाट निकालेको गुनासो गरे । उनले शिखर समाचार संगको अनलाइन कुराकानिमा होटल मालिकले सुरुमा होटलबाट लखेट्न खोजेको बताउँदै यातायात सबै बन्द छ हामी कहाँजाने भनेर आग्रह गरेपछि मात्रै एउटा कोठामा बस्न दिएको बताए । उनका अनुसार उनिसंगै अहिले ११ जना सोही कोठामा बस्दै आएका छन् । उनिहरु संग न पैसा छ न खानका लागि रासन छ । होटेलको एउटा कोठामा पेट मिचेर बस्नु परेको छ ।

त्यस्तै ३६ जनाको समुहमा बस्दै आएका कैलालीका गुड्डु रानाले आफुहरु भोक भोकै बस्नु परेको अवस्थामा जनसम्पर्क समिति राहत सहति आफ्नो बासस्थानमा पुगेको बताए । उनले भने,‘हामी कयौं दिन देखि भोकै छौं । हामिले भारतिय दुतावासमा पनि सम्पर्क गरेउँ , नेपालस्थित विभिन्न व्यक्तिसंग सम्पर्क गरेउँ कसैले वास्ता गरेन । हामिलाई सरकारले ज्यूदै मा¥यो । चाइनाबाट उद्धार गरेर ल्यायो तर हामी गरिव भएका कारण वास्ता गरेन तर आमि जस्तै परदेशमा रहेका दाजुभाइले साहयता गरे अब बाँचिन्छकी भन्ने लागेको छ । यस्तै हो भने रागले भन्दा पनि भोकले मर्ने अवस्था आउँछ ।’

नेपाल भारत जनसम्पर्क समितिले भारतमा रहेका नेपालीहरुलाई सम्पर्कमा जोडी रहेको बताउँदै आगामी दिनमा पनि विभिन्न शाखाहरु मार्फत राहत वितरण तथा सहयोग गर्ने तयारी गरेको बताएको छ । नेपाल भारत जनसम्पर्क समिति नेपाली काँग्रेसको भातृ संगठन हो ।

Related News

भारतको अस्पतालमा मजदुर नेपालीको दर्दनाक छटपटी, पैसाको अभावमा ज्यान गुम्ने खतरा
भारतको अस्पतालमा मजदुर नेपालीको दर्दनाक छटपटी, पैसाको अभावमा ज्यान गुम्ने खतरा
  • २०७७ बैशाख ५

बेङ्गलुरु- भारतको बेङ्गलुरुमा रहेको मनिपाल हस्पिटलमा एक नेपाली उपचार अभावमा...

TOP