२०८३ बैशाख ७, सोमबार
April 20, 2026, Monday

कञ्चनपुरमा भारतीय रुपैयाँ र गरगहनासहित तीन जना पक्राउ

दिपायल – कञ्चनपुरमा १५ लाख भन्दा बढी भारतीय रुपैयाँ र गरगहनासहित ।३ पक्राउ परेका छन्। जिल्लाको पुनर्वास नगरपालिका–४ कार्गिल डाँडाबाट भारतीय रुपैयाँ र गरगहनासहित प्रहरीले तीन जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा कैलालीको गोदावरी नगरपालिका–८ का २९ वर्षीय अम्मर भुल, ३९ वर्षीय खडकसिंह भुल र डडेल्धुराको आलिताल गाउँपालिका–४ का २४ वर्षीय वीरेन्द्र सार्की रहेका छन्।

उनीहरुको साथबाट १५ लाख २८ हजार ५ सय ८८ भारतीय रुपैयाँ, ६ सय ५५ रुपैयाँ नेपाली रुपैयाँ, सिक्री ४ थान, पाउजु १ जोडी, औँठी ४ थान, बाला ३ थान, टप १० थान, बटन १ थान बरामद गरिएको छ।

यसै गरी, झुम्का १ जोडी, टाउकोमा लगाउने गहना १ थान, जन्तर १ थान, घडी १ थान, मोबाइल ३ सेटलगायतका सामान बरामद गरिएको सशस्त्र प्रहरी बल ३५ नम्बर गणले जनाएको छ। थप अनुसन्धानका लागि सशस्त्र प्रहरीले उनीहरूलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको जिम्मा लगाएको छ।

Related News

ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
  • २०७९ फाल्गुन ६

दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...

TOP