२०८३ जेष्ठ १६, शनिबार
May 30, 2026, Saturday

डोटीका स्थानीय तह खेलकुदमय


दिपायल – डोटीका स्थानीय तह खेलकुदमय भएका छन् । यहाँका स्थानीय तहहरूमा पालिकास्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सञ्चालन भइरहेकाले खेलकुदमय भएका हुन् ।

जिल्लाको दिपायल सिलगढी नगरपालिकामा सोमबारदेखि प्रतियोगिता सञ्चालन भएको छ । त्यस्तै, शिखर नगरपालिकाले भरखरै प्रतियोगिता सम्पन्न गरिएको छ ।

अन्य पालिकाहरुमा पनि प्रतियोगिता जारी रहेको जिल्ला खेलकुद विकास समितीले जनाएको छ ।
पालिकास्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितालाई स्थानीय सरकारले उत्सवका रुपमा मनाईरहेका छन् । प्रतियोगितामा स्थानीय तहहरुमा रहेका माध्यमिक विद्यालयका विद्यार्थीहरुको उल्लेख्य उपस्थिति रहेको छ ।

प्रतियोगिताले खेलाडी उत्पादनमा सहयोग पुग्ने जिल्ला समन्वय समितिका संयोजक लक्ष्मण बहादुर सिंहले बताए ।

Related News

स्वाथ्यकर्मी बलायर सम्मानित 
स्वाथ्यकर्मी बलायर सम्मानित 
  • २०७९ फाल्गुन २

दिपायल – भूमिराज स्वास्थ्य चौकीमा कार्यरत एएनएम निरा भण्डारी बलायरलाई...

TOP