
बैतडी – सिंहदरबारको अधिकार गाउँमै पुयाउने गरेर स्थानीय तहको पुनर्संरचना गरिएको भनिए पनि बैतडीका १० स्थानीय तहका ८४ वडामध्ये ५४ वडा सचिवविहीन छन् ।
वडामा सचिव नहुँदा सेवाग्राहीले सास्ती भोग्नु परेको छ भने पालिकाले नियमविपरीत कर्मचारी भर्ना गरेर रकम दुरुपयोग गर्दै आएका छन्। बैतडीको शिवनाथ गाउँपालिकाका छवटै वडा सचिवविहीन छन्। सचिव नहुँदा स्थानीय सरकार सञ्चालन गर्न कठिनाइ भएकाले प्रदेश सरकारलाई सचिवको माग गरेको शिवनाथ गाउँपालिका अध्यक्ष कर्ण साउदले बताए ।
पाटन नगरपालिकामा कुल १० वटा वडा रहेका छन् तर सबै वडामा सचिव छैनन्। बैतडीकै दुर्गम सिगास गाउँपालिकाका नौवटा वडामध्ये सात वडामा सचिव छैनन्। पुरचौडी नगरपालिकाका १० वडामध्ये नौ वडामा सचिव छैनन्।
वडामा सचिव नहुँदा सेवाग्राहीले प्रक्रियागत झन्जट बेहोर्दै आइरहेको पाइएको छ। वडामा सचिव नहुँदा वैकल्पिक व्यवस्था गरेर वडाको कामकाज सञ्चालन गर्नु परिरहेको पाटन नगरपालिकाका उपप्रमुख कमलसिंह बोहराले बताए ।
मेलौली नगरपालिकाका नौ वडामध्ये सातमा सचिव छैनन्। छवटा वडा रहेको पञ्चेश्वरमा पाँच वडामा सचिव छैनन्। आठ वडा रहेको दोगडाकेदारमा चार वडामा सचिव छैनन्। दशरथचन्द नगरपालिकाका ११ मध्ये चार वडामा सचिव छैनन्। सात वडा रहेको डिलासैनी गाउँपालिकामा तीन वडामा सचिव छैनन्। आठ वडा रहेको सुर्नया गाउँपालिकामा चार वडा सचिवविहीन छन्।
नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीमा चुनौती: सदस्यता विवाद कायमै, ३...