२०८३ श्रावण १, शुक्रबार
July 17, 2026, Friday

एल.आर.आई स्कुलद्वारा मन्त्री लेखराज भट्ट मार्फत सुदूरपश्चिम प्रदेशमा सहयोग

कैलाली- कोरोना भाइरस (कोभिड १९) को नियन्त्रण तथा रोकथामका लागि एल.आर.आई स्कुलले सुदूरपश्चिम प्रदेशलाई सहयोग गरेको छ । काठमाण्डौं स्थित कलंकीमा रहेको एल.आर.आई स्कुलले कोरोना भाइरसबाट बढी प्रभावित सुदूरपश्चिम प्रदेशमा उद्योग तथा आपूर्ती मन्त्री लेखराज भट्ट मार्फत सहयोग हस्तान्तरण गरेको हो ।

स्कुलले मन्त्री भट्ट मार्फत क्वारेण्टाइनका लागि आवस्यक ५० थान बेड, ५० थान बेड सिट, ५० थान म्याट्रिक्स, ५० थान सिरानी, ५० थान ब्ल्याङ्केट गरि चार लाख बराबरको सामग्री उपलब्ध गराएको स्कुलका लेखा अधिकृत दीपक जोशीले बताए ।

सुदूरपश्चिम प्रदेशका क्वारेण्टाइनहरु व्यवस्थित नभएकाले क्वारेण्टाइनमा बसेका ब्यक्तिहरुलाई असहज भएको समाचारहरु बाहिरिएपछि तिनिहरुको व्यवस्थापनमा सहज होस् भन्ने हेतुले सहयोग गरिएको स्कुलका संस्थापक गुठियार शिवराज पन्तले बताए । उनले यो संगै मन्त्री भट्ट मार्फत नै १५ हजार थान सर्जिकल माक्स र ग्लोव्स समेत सुदूरपश्चिम सरकारलाई उपलब्ध गराएको बताए ।

यो संगै एल.आर.आई स्कुलले नेपाल सरकारले स्थापना गरेको कोरोना राहत कोषमा एक लाख रुपैयाँ जम्मा गरेको छ । शैक्षिक गुठी अन्तरगत सञ्चालीत सो स्कुलले यस अघि पनि विभिन्न विपद तथा सामाजिक क्षेत्रमा समेत सहयोग गर्दै आएको छ ।

Related News

अब नेपाल टेलिकमका सिमकार्ड घरमै, हुलाक सेवामार्फत वितरण सुरु
अब नेपाल टेलिकमका सिमकार्ड घरमै, हुलाक सेवामार्फत वितरण सुरु
  • २०७७ बैशाख ४

अब नेपाल टेलिकमका सिमकार्ड घरमै, हुलाक सेवामार्फत वितरण सुरु काठमाडौं...

TOP