२०८३ असार १६, मंगलवार
June 30, 2026, Tuesday

बैतडीकी आयुषाले जितिन् लिटिल आइकन नेपाल अवार्ड

 बैतडीकी १० वर्षीया आयुषा भण्डारीले लिटिल आइकन नेपाल २०२२ मा दुई अवार्ड जित्न सफल भएकी छन् । एघारौं संस्करणको लिटिल आइकन नेपालमा आयुषाले ‘सिनियर गर्ल्स’तर्फ मोस्ट ट्यालेन्टेडको अवार्ड र मोस्ट फ्रेन्डलीको अवार्ड हात पारेकी हुन् ।

एनपी मिडिया हाउसको आयोजना सञ्चालन भएको लिटिल आइकन नेपालको फाइनल प्रस्तुती काठमाडौंस्थित राष्ट्रिय नाचघरमा गरिएको थियो सहभागीमध्ये निर्णायकहरुको छनौटको आधारमा आयुषाले मोस्ट ट्यालेन्टेडको अवार्ड र मोस्ट फ्रेन्डलीको अवार्ड जित्न सफल भएकी हुन् ।

बैतडीको दोगडाकेदार गाउँपालिका ६ सित्तड घर भएकी आयुषा हाल काठमाडौंको हेराल्ड सेकेन्डरी स्कुलमा कक्षा ५ मा अध्ययनरत छिन् । १० वर्षीया आयुषा सानै उमेरदेखि डान्स,कलाक्षेत्रमा पनि रुची राख्दै आएकी छन् । अवार्ड जितेपछि आयुषाले खुसी व्यक्त गर्दै यो अवार्डले आफूलाई पढाईका साथै मनोरञ्जन क्षेत्रमा अगाडी बढ्न थप हौसला प्राप्त भएको बताईन् ।

लिटिल आइकन नेपालमा एक दर्जन बढी स्कुलका १०० बढी विद्यार्थी सहभागी थिए । उक्त प्रतियोगिताले बालबालिकाहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, अन्तर्निहित क्षमता उजागर , प्रतिभा प्रस्फुटन, उच्च शिक्षा अध्ययनमा सहयोग पुर्याउने तथा नेतृत्वदायी क्षमताको विकास गर्दै उज्ज्वल भविष्य निर्माणमा सहयोग पुग्ने आयोजक संस्थाका अध्यक्ष लव बहादुर कार्कीकोे भनाई छ ।

Related News

नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीमा चुनौती: सदस्यता विवाद कायमै, ३ लाख नयाँ सदस्य थप्ने लक्ष्य
नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीमा चुनौती: सदस्यता विवाद कायमै, ३ लाख नयाँ सदस्य थप्ने लक्ष्य
  • २०७९ कार्तिक २९

नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीमा चुनौती: सदस्यता विवाद कायमै, ३...

TOP