२०८१ बैशाख २१, शुक्रबार
May 3, 2024, Friday

प्रधानमन्त्री देउवा पुनः सुदूरपश्चिम आउँदै – यस्तो छ कार्यक्रम

दिपायल- नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा मंगलबार सुदूरपश्चिम आउने भएका छन् । नेपाली कांग्रेस कैलालीका सभापति नारायण भट्टका अनुसार उनी मंगरबार साँझ धनगढी पुग्ने छन् ।

मंगलबार धनगढी बसेर देउवा बुधबार गृहजिल्ला डडेल्धुरा जानेछन् । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावको प्रचारप्रसारका लागि देउवा पुनः सुदूरपश्चिम आउने भएका हुन् ।

नेपाली कांग्रेस डडेल्धुराका अनुसार देउवाले बुधबार बिहान साढे ११ बजे अजयमेरु गाउँपालिकाको देवल पार्कमा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । उनी यसअघि पनि चुनावीसभामा सहभागी हुन गृह प्रदेशका विभिन्न जिल्लामा पुगेका थिए ।

Related News

डडेल्धुरामा बन्चरो प्रहार गरि श्रीमतीको हत्या
डडेल्धुरामा बन्चरो प्रहार गरि श्रीमतीको हत्या
  • २०७९ कार्तिक २९

दिपायल- डडेल्धुरामा एक जनाले बन्चरो प्रहार गरि आफ्नै श्रीमतीको हत्या...

TOP