कैलाली– पछिल्लो पटक कैलालीको लम्कीमा ६० वर्षीया महिलामा कोरोना भाइरस पोजेटिभ देखिएपछि सुदूरपश्चिममा त्रासको अवस्था सिर्जना भएको छ ।
यो घटनासंगै अनिवार्य क्वारेन्टाइनबाट घर फर्काइएका सुदूरपश्चिमका ९ सय ७९ जनामाथि पनि कोरोना संक्रमणको आशंका बढेको छ । स्वास्थ्य आपतकालीन केन्द्र डोटीका अनुसार सरकारले तालिम प्राप्त स्वास्थ्यकर्मीको टोली खटाएर आइतबार सम्म दुई हजार ३१ जनाको ¥यापिड टेष्ट गराएको थियो ।
ती मध्ये आइतबारसम्म नौँ सय ७९ जनालाई होम क्वारेन्टाइनमा बस्नेगरी घर पठाइएको थियो । यसमा एक महिला पनि थिइन । उनलाई पनि ७ दिन होम क्वारेन्टाइनमा बस्नेगरी घर फर्काइएको थियो। जसको पहिलो रिपोर्ट नेगेटिभ पाइएको थियो ।
तर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले महिलाको रिपोर्ट पोजेटिभ देखाएपछि -यापिड टेष्टको विश्वसनीयतामाथि प्रश्न उठेको छ, भने कतै अहिले घर फर्काइएकाहरुमा पनि कोरोना संक्रमण भए समुदायमा समेत फैलिने चिन्ता बढदै गएको छ ।
१५ दिनअघि वीरगञ्जबाट आएकी ती महिलालाई लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएको थियो।
उनको परीक्षणमा कोरोना भाइरस पोजेटिभ पाइएपछि अहिले उनलाई सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा राखिएको छ ।
संक्रमित महिला लम्की चुहा नगरपालिका वडा नम्बर १ वासिन्दा हुन । उनी बीरगञ्जमा चिया पसल सञ्चालन गरेर बस्दै आएकी थिइन ।
यो पुष्टिसंगै सुदूर पश्चिममा संक्रमितको संख्या ५ पुगेको छ भने परीक्षणमा देखिएको गडबडीले सुदूरपश्चिमवासीमा चिन्ता थपिएको News24 ले हिक्मत रावलको बाइलाइनमा मा समाचार छापेको छ ।
दिपायल – शिखर नगरपालिका – ३ पल्लेगडामा प्रसूति गृह निर्माण...