
दिपायल – हिन्दुहरुको महानचाँड वडा दशै तथा दिपावलीको पावन अवसरमा डोटीमा सुदूरपश्चिम प्रदेश स्तरिय ‘खप्तड–शैलेश्वरी गोल्डकप २०७९’ प्रतियोगिता सुरु भएको छ ।
शनिबारदेखि भैरब प्रशाद गण सिलगढी, दिपायल सिलगढी नगरपालिका वडा–६ र जिल्ला अस्पताल डोटीको संयुक्त आयोजनामा सुदूरपश्चिम प्रदेश स्तरिय ‘खप्तड–शैलेश्वरी गोल्डकप २०७९’ फुटबल प्रतियोगिताको एक कार्यक्रमका बीच शुरु गरिएको हो।
दिपायल सिलगढी नगर पालिकाका नगर प्रमुख बाजि सिं खड्काको प्रमुख आथित्यता तथा प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठ , दिसिनपा उप प्रमुख कल्पना महर साउद, भैरब प्रसारद गणका गणपति जनमत कार्की , निबर्तमान दिसिनपा प्रमुख मन्जु मलासी , डोटी उद्योग बाणिज्य संघ अध्यक्ष मोहन कलेल , रास्ट्रिय भलिबलका केन्द्रिय सदस्य राज बहादुर खड्का लगायतको उपस्थितिमा कार्यक्रमको उद्घाटन गरिएको हो।
स्वागत मन्तब्य राख्दै दिपायल सिलगढी नगर पालिका -६ का वडा अध्यक्ष नरेश मलासीले खेलकुद बिकासमा ठुलो सहयोग पुग्ने छ। यसले रितिरिवाज, ब्यापार ब्यवसायमा समेत उल्लेख सहयोग हुने बताए ।
सुदुर पश्चिम स्तरीय फुटवल प्रतियोगितामा सात वटा टिमको सहभागिता रहेकोे छ ।
कैलाली, बाजुरा,अछाम, डोटी, डडेल्धुरा, भैरब प्रशाद गण र उद्योग बाणिज्य संघको टिम सहभागी रहेका छन् ।
खप्तड–शैलेश्वरी गोल्डकप २०७९’ मा प्रथम हुने टिमलाई एक लाख,द्धितिय हुनेलाई पचास हजार सहित ट्रफि प्रमाण पत्र प्रदान गरीने भैरब प्रशाद गणका गणपती जनमत बहादुर कार्की वताए ।
प्रत्येक खेलको म्यान अफ द म्याचले नगद पाँचसय रुपैयाँ,ट्रफि र प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडिलाई नगद ५ हजार रुपैयाँ , ट्रफि पुरस्कारको व्यवस्था गरीएको कार्किले जानकारी दिए ।
उनले भने,‘ प्रदेश स्तरिय फुटवल खेलले जिल्लाको कला ,संस्कृतिको पहिचान तथा फुटवल खेलको विकासमा महत्वपुर्ण भुमिका खेल्ने छ । यहाँको हामस्टेको र्पद्धनका साथै व्यापार व्यवसायमा ठुलो टेवा पुग्ने छ ।’
सिलगढीको टुडिखेलमा भैरहेको पहिलो चरणको ३५ मिनेटको नकआउट खेल बाजुरा र कैलाली बीच शुरु भएको छ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीमा चुनौती: सदस्यता विवाद कायमै, ३...