
दिपायल- हेलिकोप्टरबाट बीउ छर्ने भन्दै स्थानीय तहको चुनाव लडेका डडेल्धुराका खडकबहादुर ठकुराठी साढे ३ लाख जरिवानामा परेका छन् ।
डडेल्धुराको भागेश्वर गाउँपालिकाको अध्यक्षका लागि चुनाव लडेका ठकुराठीले निर्वाचन आयोगमा निर्वाचन खर्च विवरण नबुझाएका कारण जरिवानामा परेका हुन् ।
आयोगले निर्वाचन खर्च विवरण ढिलो गरी बुझाउने र नबुझाउनेहरुलाई स्पष्टीकरण सोधेको भएपनि स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै आयोगले जरिवाना तोकेको छ ।
आयोगले खर्च विवरण नबुझाउने गाउँ पालिकाका प्रमुख र उपप्रमुख पदका उम्मेदवारलाई ३ लाख ५० हजार रुपैयाँ तथा गाउँपालिकाका वडा अध्यक्ष, वडा सदस्य, महिला सदस्य र दलित महिला सदस्यको हकमा एक लाख पचास हजार रुपैयाँका दरले जरिवाना तोकेको छ ।
गाउँपालिकाको अध्यक्षका लागि चुनाव लडेका उनले आयोगमा ३ लाख ५० हजार रुपैयाँ जरिवाना तिर्नु पर्ने छ । ठकुराठीले मंसिर ४ मा हुने निर्वाचनमा प्रदेश सभाका लागि चुनाव लड्ने घोषणा गरेका छन् । आयोगलाई जरिवाना नतिरे उनी ६ वर्षसम्म कुनै पनि पदका लागि चुनावी प्रतिष्पर्धा गर्न नपाउने छैनन् ।
निर्वाचन आयोगने जरिवाना रकम नबुझाएमा निर्वाचित पदाधिकारीको पद रिक्त हुने तथा उम्मेदवारको हकमा भने ६ वर्षसम्म प्रतिष्पर्धा गर्न नपाउने जनाएको छ ।
उनले आफ्नो घोषणापत्रमा ‘हर हर ठकुराठी, घरघर ठकुराठी’ नारा दिएका दिए ।
१. दुई वर्षभित्रमा भागेश्वर गाउँपालिकाका जनताहरूको आधारभूत आवश्यकताको पूर्ति गरी आवश्यक संरचना बनाएर नगरपालिका घोषणा गर्ने
२. चारवर्ष भित्रमा गैरीबगडदेखि परशुराम नगरपालिकासम्म महाकाली नदीमा सुख्खा बन्दरगाह निर्माण गरी नेपाली झण्डावाहक पानी जहाज चलाइने
३. जनताहरूलाई सुख, समृद्धि र शान्तिको पूर्ण प्रत्याभूति दिलाई ३६५ दिन नै दसैं मनाउने वातावरण मिलाउने
४. कृषिलाई महत्वपूर्ण प्राथमिकतामा राखी भागेश्वर गाउँपालिकाको खेतीयोग्य जमिनमा मौसम अनुसार हेलिकोप्टरबाट बीउ छर्ने र हेलिकोप्टरबाटै सिँचाइको व्यवस्था मिलाइने
५. पाँचौ नम्बर बुँदामा जनताको स्वास्थप्रति प्रतिवद्ध रही पशुपालन तथा कृषिमा टेवा पुग्ने उद्देश्यले गाईभैसी तथा बाख्राहरूलाई समेत अस्पतालमा सुत्केरी हुने व्यवस्था गरिने
६. टप्वाको डाँडादेखि भागेश्वर मन्दिरसम्म भक्तजनहरूलाई लक्षित गरी केबुलकार निर्माण गरिने
७. बेरोजगार युवाहरूलाई भत्ताका साथै निःशुल्क सीपमुलक तालिमको व्यवस्था गर्ने
दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...