२०८३ बैशाख ४, शुक्रबार
April 17, 2026, Friday

मलामी गएका युवक सेती नदीमा बेपत्ता


दिपायल-
डोटीमा मलामी गएका युवक सेती नदीमा बेपत्ता भएका छन् । प्रहरीका अनुसार अमरगढी नगरपालिका – ६ का अन्दाजी २७ वर्षीय वीरेन्द्र ताम्राकार बेपत्ता भएका हुन् ।

बुधबार डोटीको शिखर नगरपालिका– १० गहनानस्थित सेती नदीमा शवको दाहसंस्कार गरेर नुहाउने क्रममा उनी बेपत्ता भएका हुन् । वीरेन्द्रसँगै सोही ठाउँका विनोद ताम्राकार पनि नदीमा डुबेका थिए । विनोदको बगेको ठाउँ देखि केही तलबाट सकुशल उद्धार गरिएको छ ।
बेपत्ता युवाको खोजिकार्य भैरहेको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी डीएसपी भोला भट्टाले जानकारी दिनुभयो ।

Related News

ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
  • २०७९ असार २२

दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...

TOP