२०८३ असार २७, शनिबार
July 11, 2026, Saturday

ओली-दाहालबीच असमझदारी बढ्याे

काठमाडौं- प्रधानमन्त्री केपी ओलीले शुक्रबार साँझ गृहमन्त्री रामबहादुर थापा र गृहसचिव महेश्वर न्यौपानेलाई बालुवाटार बोलाए। काम थियो- डीआईजी बढुवा सिफारिस कार्यसूचीमा छलफल गर्ने। गृह स्रोतका अनुसार प्रधानमन्त्री ओलीले डीआईजी बढुवा सूची मागे।

सूचीमा राष्ट्रिय सुरक्षा परिषद्मा रहेका एसएसपी गणेश ऐरको नाम नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालको आग्रहमा गृहमन्त्री थापाले राख्न लगाएका थिए। दाहालले ऐरलाई पहिलो नम्बरमै राख्न भनेकामा थापाले पाँचौं नम्बरमा पारेका थिए।

गृहसचिव न्यौपाने अध्यक्ष रहेको सिफारिस समितिले तयार पारेको सूचीबाट ऐरको नाम मात्र हटाएर प्रधानमन्त्रीले बाँकी कायम राखे।

२४ चैतको मन्त्रिपरिषद् बैठकले राष्ट्र बैंक गभर्नरमा महाप्रसाद अधिकारीलाई नियुक्ति गर्ने निर्णय गर्‍यो। दाहाल मीनबहादुर श्रेष्ठलाई गभर्नर बनाउन चाहन्थे। तर, प्रधानमन्त्रीले यो विषयमा उनीसँग कुनै छलफल नै चलाएनन्। मन्त्रिपरिषद् बैठकले गभर्नर सिफारिसका लागि बनाएको समितिले अधिकारीसहित डा.राजन खनाल र चिन्तामणि शिवाकोटीको नाम सिफारिस गरेको थियो। दाहालका उम्मेदवार श्रेष्ठको नाम सिफारिसमै परेन।

चैत २ गते सभामुख अग्निप्रसाद सापकोटाले संसद्को कार्यवाहक महासचिवमा गोपालनाथ योगीलाई जिम्मेवारी तोके। महासचिव मनोहरप्रसाद भट्टराईको ५ वर्षे कार्यकाल सकिएपछि योगीलाई कार्यवाहक तोकिएको हो। योगीलाई कार्यवाहक तोक्ने क्रममा पनि दुई अध्यक्षको मतैक्य भएन। याे खबर अन्नपूर्ण पाेस्ट दैनिकमा छ ।

Related News

एकै दिन ३३ अर्बभन्दा बढी सरकारी भुक्तानी, चालु आर्थिक वर्षको नियमित खर्च प्रणाली बन्द
एकै दिन ३३ अर्बभन्दा बढी सरकारी भुक्तानी, चालु आर्थिक वर्षको नियमित खर्च प्रणाली बन्द
  • २०७६ चैत्र ३०

एकै दिन ३३ अर्बभन्दा बढी सरकारी भुक्तानी, चालु आर्थिक वर्षको...

TOP