२०८१ बैशाख १४, शुक्रबार
April 26, 2024, Friday

विश्वभर कोरोनाबाट एक लाख आठ हजार बढीको मृत्यु

कोरोना भाइरसको विश्वव्यापी महामरीका कारण अमेरिकामा मृत्यु हुनेको संख्या अत्याधिक रुपमा बढेको छ ।

जोन हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार कोरोनाका कारण अमेरिकामा २० हजार पाँच सय भन्दा बढीको मृत्यु भइसकेको छ ।

यसअघि इटालीमा मृतकको संख्या उच्च रहेपनि पछिल्लो एक दिनमै अमेरिकामा दुई हजार जनाको मृत्यु भएको बताइएको छ ।

अमेरिकारको सबैभन्दा बढी प्रभावित रहेको न्युयोर्क शहरका गभर्नर इन्ड्रयू कुमोले मृतकको संख्या स्थिर रहेको दावी गरेका छन् ।

विगतका दिनको अनुपातमा न्युयोर्कमा मृत्यु दर स्थिर रहेको उनको दावी छ ।

यता अमेरिकाले आफ्नो देशमा कोरोना भाइरसको संक्रमण र मृतकको संख्या बढ्दै गएपछि मास्क उत्पादन बढाउने भएको छ ।

अमेरिकी सरकारले रक्षा ऐनअन्र्तगत मास्क उत्पादनको प्रक्रिया सुरु भइसकेको जनाएको छ । एक दुई दिनमै माग अनुसार नै मास्क उत्पादन हुने बताइएको छ ।

गत वर्षको डिसेम्बरमा चीनको हुबेइ प्रान्तको वुहान सहरबाट सुरु भएको कोरोनाका कारण विश्वभर एक लाख आठ हजार भन्दा बढीको मृत्यु भइसकेको छ ।

कोरोनाबाट संक्रमित करिव १७ लाख ७८ हजार बिरामीमध्ये चार लाख दुई हजा जना भन्दा बढी उपचारपछि घर फर्किएको बताइएको छ ।

यसैबीच विश्व स्वास्थ्य संगठन डब्लूएचओले कोरोना भाइरसको महामारी घोषणा गएको एक महिना पूरा भएको छ । (एजेन्सी)

Related News

एमाले नेता रायमाझीसहित ७ जनालाई थुनामै राख्न आदेश
एमाले नेता रायमाझीसहित ७ जनालाई थुनामै राख्न आदेश
  • २०७६ चैत्र ३०

काठमाडौं- सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा एमाले नेता टोपबहादुर...

TOP