२०८२ फाल्गुन ३०, शनिबार
March 14, 2026, Saturday

वीरगन्जमा भेटिएका तीन जना कोरोना संक्रमित भारतीय नागरिक भएको पुष्टि

वीरगन्जमा कोरोनाको तीन जना नयाँ बिरामी भेटिएका छन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा टेकुमा शनिबार राती गरिएको परीक्षणमा तीन जना भारतीय नागरिकमा कोरोना संक्रमण देखिएको हो ।

यो सँगै अब कोरोना संक्रमितको संख्या १२ पुगेको छ । हेटौडाको किटजन्य अनुसन्धान केन्द्रमा उनीहरुको परीक्षण भएको थियो ।

त्यहाँ रिपोर्ट अस्पष्ट भएपछि पुनः टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएको हो ।

वीरगन्जको छपकैयास्थित जामे मस्जितमा बस्दै आएका उनीहरु आफैं स्वास्थ्य परीक्षण गराउन जाँदा शुक्रबारदेखि नारायणी अस्पतालमा आइसोलेसनमा राखिएको छ ।

तीमध्ये दुई जना उत्तर प्रदेश र एक जना दिल्लीमा बस्दै आएका थिए ।

सप्तरीमा आयोजित मुस्लिम धार्मिक सभामा सहभागी हुन नेपाल आएका उनीहरु लकडाउनका कारण नेपालमा नै रोकिएका थिए । 

Related News

सुदूरपश्चिमका १६ सिट : १० मा रास्वपा, ३ मा कांग्रस र २ मा एमाले विजयी
सुदूरपश्चिमका १६ सिट : १० मा रास्वपा, ३ मा कांग्रस र २ मा एमाले विजयी
  • २०७६ चैत्र ३०

दिपायल- सुदूरपश्चिम प्रदेशका १६ वटा निर्वाचन क्षेत्रमध्य १० सिटमा राष्ट्रिय...

TOP