कैलाली- संघीय सरकारले एकै पटक धेरै संख्यामा कोभिड-१९ को परीक्षणका लागि सुदूरपश्चिममा पठाएको उपकरण अझै जडान भएको छैन।केन्द्रीय पशुपन्छी अन्वेशण प्रयोगशालाले सुदुरपश्चिम प्रदेशका लागि धनगढीमा पठाएको आरटीपीसीआर मेसिन जडानमा ढिलाई भएको हो।
पछिल्लो समयमा भारतबाट फर्किएका दुईजनासहित कोभिड-१९ को एक लोकल केस भेटिएपछि सरकारले कैलाली र कंचनपुरमा र्यापिड टेष्टको काम शुरू गरेको थियो।
स्वास्थ्य मन्त्रालयबाट खटाइएको प्राविधक टोलीले अहिले विदेशबाट आएका, उनका परिवार र सम्पर्कमा रहेकाहरूको खोजी गरी मास परीक्षण गरिरहेको छ।
तर, आवश्यकता बढैसँगै केन्द्रबाट प्रयोगशाला संचालनको लागि पठाइएको उपकरण जडान नगर्नुमा प्रदेश सरकार गैरजिम्मेवार बनेको टिप्पणी हुन थालेको छ।आरटीपीसीआर उपकरण संचालनका लागि आवश्क पर्ने सहायक उपकरण जुटाउन नसक्दा प्रयोग गर्न नसकिएको मोलिकुलर माईक्रोबायोलोजिष्ट सुनिलप्रसाद लेखकले बताए।
उनले प्रदेश सरकारलाई उपकरण संचालनका लागि आवश्यक सामानको लिस्ट तयार गरेर दिएको भएपनि सामान नभएकाले उपकरण जडानको काम रोकिएको बताउँदै उनले उपकरण जडान भए १२ घण्टामा २७० जनाको कोरोना भाइरसको परीक्षण गर्न सकिने बताए।
बेङ्गलुरु- भारतको बेङ्गलुरुमा रहेको मनिपाल हस्पिटलमा एक नेपाली उपचार अभावमा...