२०८३ बैशाख ७, सोमबार
April 20, 2026, Monday

स्थानीय निर्वाचनका लागि कञ्चनपुरमा २३ दल दर्ता

कञ्चनपुर – स्थानीय तहको निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरमा २३ वटा दल दर्ता भएका छन्।

स्थानीय तहको निर्वाचन प्रयोजनका लागि संविधानको धारा २७१ बमोजिम राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को अनुसूची–१२ बमोजिमको ढाँचामा २०७८ साल फागुन ५ गतेदेखि फागुन १५ गतेसम्म निर्वाचन कार्यालयमा दल दर्ताका लागि आह्वान गरेअनुरूप दल दर्ता भएका हुन्।

जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरका निर्वाचन अधिकारी उदयराज जोशीका अनुसार दर्ता भएका दलहरूमा राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा पार्टी, नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) रहेका छन्।

यसैगरी नेपाल परिवार दल, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा नेपाल), नेपाल दलित पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट), जनसमाजवादी पार्टी नेपाल, नेपाल मजदुर किसान पार्टी, नेकपा (माले), संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, जनमत पार्टी, मौलिक जरोकिलो पार्टी निर्वाचन कार्यालयमा दर्ता भएका छन्।

नेपाल कांग्रेस (विपी), सामाजिक एकता पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, नेपाल कम्युनिष्ट पार्टी (समाजवादी) विवेकशील साझा पार्टी, विवेकशील साझा पार्टी र उन्नत लोकतन्त्र पार्टी निर्वाचन कार्यालयमा दर्ता भएका छन्।

स्थानीय तहको निर्वाचनलाई लक्षित गरी कञ्चनपुरमा ३४० मतदान केन्द्र निर्धारण गरिएका छन्। मतदाताको चापलाई मद्देनजर गर्दै विगतको तुलनामा १० वटा मतदान केन्द्र थप गरिएका हुन्। यसअघि ३३० वटा मतदान केन्द्र रहेका थिए।

एक मतदान केन्द्रमा चारजनाका दरले कर्मचारी खटाइने उनले बताए। ३४० मतदान केन्द्रमा एक हजार ३६० जना कर्मचारीलाई खटाइनेछ।

कञ्चनपुरमा मतदाताको संख्या दुई लाख ९७ हजार ३४१ रहेको छ। निर्वाचन आयोगका अनुसार स्थानीय तहको निर्वाचनका लागि वैशाख ३० गते मतदान कार्यक्रम तय गरिएको छ।

Related News

ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
  • २०७८ चैत्र ११

दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...

TOP