
कञ्चनपुर – कञ्चनपुरस्थित नेपाल–भारत सीमा नजिक पर्ने नेपाली भूभागमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले व्यापारमा अवरोध खडा गरेको छ। भीमदत्त नगरपालिका–९ ब्रह्मदेव बजार नजिक स्थानीयले व्यापारका लागि छाप्रो राख्न खोजेपछि भारतीय पक्षले अवरोध गरेको हो।
ब्रह्मदेव बजार नजिक नेपाली भूमिमा एसएसबीले व्यापारका लागि पसल राख्न नदिएको स्थानीय हरिश पन्तले बताए। ‘पूर्णागिरी मेलालाई मध्यनजर गर्दै त्रिपाल थापेर पसल राख्न खोजिएको थियो। तर एसएसबीले आफ्नै भूमिमा पनि पसल राख्न दिएन,’ उनले भने, ‘विगतमा मेलाको अवसरमा पसल राख्ने गरिन्थ्यो। यस पटक एसएसबीले अवरोध गर्यो।’
भारतीय पक्षले त्यस क्षेत्रमा सीमा स्तम्भ हराएको भन्दै केही काम गर्न नदिएको भीमदत्त नगरपालिका–९ अध्यक्ष राम नाथ बताउँछन्। त्यही कारणले भारतीय पक्षले सो क्षेत्रमा सडक कालोपत्रे गर्नमा पनि अवरोध सृजना गरेको बताइएको छ।
दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...