
कञ्चनपुर – कञ्चनपुरमा जंगली बँदेलको आक्रमणबाट ५ जना घाइते भएका छन् । बँदेल बेदकोट नगरपालिका विभिन्न बस्तीमा पसेर स्थानीयलाई आक्रमण गरेको वेदकोट नगरपालिकाका नगर प्रमुख अशोक चन्दले जानकारी दिए ।
उनका अनुसार बँदेल बस्तीमा आएर आक्रमण गरी ५ जनालाई घाइते बनाएको छ । घाइतेमध्ये ४ जनाको महाकाली अस्पतालमा उपचार भइरहेको छ ।
घाइते हुनेमा बेदकोट–२ का ६२ वर्षीय शोभी कोली र ६० वर्षीय डम्मर लुहार, वडा न ३ का पदमा कुँवर र वडा न १० का १४ वर्षीय शारदा भट्ट छन् । एक जना भने सामान्य घाइते भएकाले घरमै उपचार गराइरहेको स्थानीयले बताएका छन् ।
दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...