२०८३ असार १६, मंगलवार
June 30, 2026, Tuesday

बैतडीका विद्यालयमा निःशुल्क स्वास्थ्य शिविर संचालन

धनगढी – दुर्गम क्षेत्रका बालबालिकालाई स्वास्थ्य सेवामा पहुँच पु¥याउने उद्देश्यले बैतडीका सबै स्थानीय तहका विद्यालयमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।

स्वास्थ्य कार्यालयको आयोजनामा शिविर सञ्चालन गरिएको हो । शिविरमा चार हजार ७०३ बालबालिकाले उपचार गराएका स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक भुवनप्रसाद जोशीले बताए ।

दश पालिका रहेको बैतडीका प्रत्येक स्थानीय तहका एक/एक विद्यालयमा शिविर सञ्चालन गरिएको थियो ।

शिविरमा आँखा, कान र दाँतमा समस्या भएका विद्यार्थीलाई विद्यालयमै स्वास्थ्य सेवा उपलब्ध गराइएको थियो । तीमध्ये दाँतसम्बन्धी एक हजार ६२७, आँखासम्बन्धी एक हजार ५८४ र कानसम्बन्धी एक हजार ४९२ बालबालिकाको उपचार गरिएको थियो ।

Related News

नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीमा चुनौती: सदस्यता विवाद कायमै, ३ लाख नयाँ सदस्य थप्ने लक्ष्य
नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीमा चुनौती: सदस्यता विवाद कायमै, ३ लाख नयाँ सदस्य थप्ने लक्ष्य
  • २०७८ फाल्गुन २४

नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीमा चुनौती: सदस्यता विवाद कायमै, ३...

TOP