२०८३ बैशाख ७, सोमबार
April 20, 2026, Monday

कञ्चनपुरमा भन्सार छलीका अवैध सामान बरामद

कञ्चनपुर – कञ्चनपुरमा भन्सार छलीका अवैध सामान बरामद गरिएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहतका कार्यालयबाट खटिएको प्रहरी टोलिले सामान बरामद गरेको हो।

भिमदत्त नगरपालिका ८ बाट मोटर साईकलका पाठपुर्जा र करेला, मकैको बिउ गरी अन्दाजी ४९ हजार ३८० र दाधरा चाँदनी नगरपालिका वडा नम्बर ७ बाट गुड २८ कट्टा ३० हजार ८०० गरी जम्मा ८० हजार १८० बराबरका सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

बेवारिसे अवस्थामा फेला परेका सामान कानून बमोजिम आवश्यक कारबाहीका लागी गड्डाचौकी भन्सार कार्यालय कञ्चनपुर पठाइएको प्रहरीले जनाएको छ।

Related News

ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
  • २०७८ फाल्गुन १९

दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...

TOP