२०८३ बैशाख ७, सोमबार
April 20, 2026, Monday

कञ्चनपुरमा लागूऔषध खैरो हिरोइनसहित एक भारतीय पक्राउ

कञ्चनपुर – कञ्चनपुरमा लागूऔषध खैरो हिरोइनसहित एक भारतीय नागरिक पक्राउ परेका छन्।  पक्राउ पर्नेमा भारतको पिलिभित तहशिल पुरनपुर थाना हजारा ग्राम बजारघाट बहेला गाउँका अन्दाजी २२ वर्षीय बलजीत सिंह रहेका प्रहरीले जनाएको छ।

आइतबार जिल्लाको बेलौरी नगरपालिका ६ नकैया नाका आमबगैयाबाट इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक कमलकुमार खड्का कमाण्डको टोलीले चेकजाँच गर्दा १०।९१ ग्राम लागूऔषध खैरो हिरोइन फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक लालबहादुर बमका अनुसार उनले लागूऔषध सेतो प्लास्टिकको थैलोमा सर्टको बाउलाभित्र लुकाएका ल्याएका थिए। प्रहरीले सिंहलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जनाएको छ।

Related News

ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
  • २०७८ फाल्गुन १६

दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...

TOP