२०८३ असार १६, मंगलवार
June 30, 2026, Tuesday

बैतडीमा राहदानी सेवा तीनमहिनादेखि बन्द, सेवाग्राही समस्यामा

बैतडी – बैतडीमा साढे तीन महिनादेखि राहदानी सेवा बन्द हुँदा सेवाग्राहीहरु समस्यामा परेका छन्। विद्युतीय राहदानी जारी गर्ने कार्यका लागि जिल्ला प्रशासन कार्यालय बैतडीले गत मङ्सिर २ गतेदेखि एमआरपी पासपोर्ट वितरण गर्ने कार्य बन्द गरेको थियो।

लामो समयसम्म पनि विद्युतीय राहदानी जारी गर्ने प्रणाली जडान नहुँदा विदेश जाने तयारीमा रहेका जिल्लाका नागरिकहरु समस्यामा परेका छन्। अत्यन्त जरुरी भई कारण र प्रमाणसहित आएका सेवाग्राहीबाहेक अन्य राहदानीको दु्रत सिफारिस र साधारण राहदानी फारम सङ्कलन गर्ने कार्य मङ्सिरदेखि बन्द रहेको जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए। उनले भने, “विद्युतीय राहदानी जारी गर्ने भनेर एमआरपी बन्द गरिएको हो, तर हालसम्म पनि विद्युतीय राहदानी वितरण सुरु हुन सकेको छैन।”

सरकारले प्रत्येक जिल्ला प्रशासन कार्यालयबाट विद्युतीय राहदानी वितरण गर्ने रणनीति लिए पनि उक्त प्रणाली जडानका लागि प्राविधिक टोली नआउँदा ढिलाइ भएको सूचना अधिकारी भारतीको भनाइ छ। अहिले सुदुरपश्चिमका कैलाली र कञ्चनपुर जिल्लामा मात्रै विद्युतीय राहदानी वितरण भइरहेको छ।

Related News

नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीमा चुनौती: सदस्यता विवाद कायमै, ३ लाख नयाँ सदस्य थप्ने लक्ष्य
नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीमा चुनौती: सदस्यता विवाद कायमै, ३ लाख नयाँ सदस्य थप्ने लक्ष्य
  • २०७८ फाल्गुन १२

नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीमा चुनौती: सदस्यता विवाद कायमै, ३...

TOP