२०८३ बैशाख ७, सोमबार
April 20, 2026, Monday

कञ्चनपुरमा प्रादेशिक स्वास्थ्य प्रवद्र्धन केन्द्र उद्घाटन

महेन्द्रनगर – सुदूरपश्चिम प्रदेश सरकारले स्वास्थ्य प्रवद्र्धनका लागि पहिलोपटक कञ्चनपुरको महेन्द्रनगरमा प्रदेशस्तरीय कार्यालय हिजो उद्घाटन गरेको छ। सुदूरपश्चिम प्रदेश सामाजिक विकासमन्त्री लालबहादुर खड्काले प्रवद्र्धन केन्द्रको कार्यालय उद्घाटन गरेका हुन्। कार्यालय उद्घाटनपछि उनले प्रदेश सरकार स्वास्थ्य शिक्षालाई जनस्तरसम्म पुर्‍याउन बल गरिरहेको बताए। चालु वर्षलाई सरकारले स्वास्थ्य सुधार वर्षका रुपमा अघि बढाएको बताउँदै सुदूरपश्चिमको स्वास्थ्यको क्षेत्रमा धेरै कोणबाट सुधार भइरहेको जानकारी र्दिए।

“कोरोना महामारी नियन्त्रण एवं व्यवस्थापनमा सुदूरपश्चिम अग्रस्थानमा आउन सफल भयो”, उनले भने, “सीमानाकामै कोरोना जाँचदेखि खोपसम्मको व्यवस्थापनमा हामी सफल भयौँ।” त्यसैगरी सुदूरपश्चिमका सबै अस्पतालमा अक्सिजन, आइसियु बेड व्यवस्थापनमा पनि प्रदेश सरकार अग्रसर रहेको उनको भनाइ थियो।

प्रदेशको स्वास्थ्य क्षेत्रलाई व्यवस्थित गर्ने सिलसिलामा यहाँ प्रदेशस्तरको स्वास्थ्य प्रवद्र्धन केन्द्र स्थापना गरिएको बताउँदै उनले त्यसलाई विस्तार गरी जिल्ला र ८८ वटै पालिकासम्म पुर्‍याउने लक्ष्य रहेको जानकारी दिए। स्वास्थ्य प्रवद्र्धन केन्द्रको कार्यालय स्थापनाका लागि यहाँको भीमदत्त नगरपालिकाले जग्गा उपलब्ध गराएको छ।

कार्यालय उद्घाटन समारोहमा प्रदेश सामाजिक विकास मन्त्रालयका सचिव रीता भण्डारी जोशी र प्रदेश स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक डा जगदिश जोशीलगायतको सहभागिता रहेको थियो।

रासस

Related News

ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
  • २०७८ फाल्गुन १२

दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...

TOP