
बैतडी– बैतडीमा टिप्पर दुर्घटना हुँदा ४ विद्यार्थी सहित ५ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा परेर पाटन नगरपालिका-३ का १२ वर्षीय राजु पन्त, पाटन नगरपालिका-३ कै ४५ वर्षीय जनकराज पन्त, सिगास माध्यमिक विद्यालयका विद्यार्थी १३ वर्षीय ज्ञानु बिष्ट र १७ वर्षीय ललित अवस्थीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
एक जना मृतकको परिचय खुल्न सकेको छैन ।
सोमबार दिउँसो बा ३ ख४८७९ नम्बरको टिपर पाटन नगरपालिका वडा न. ३ स्थित झालीमाली भिरबाट खस्दा टिप्परमा सवार विद्यार्थीहरूको मृत्यु भएको हो । टिप्परमा सिगास माविका २५ जना विद्यार्थीहरू रहेको बताइएको छ ।
घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीमा चुनौती: सदस्यता विवाद कायमै, ३...