२०८३ भाद्र १७, बुधबार
September 2, 2026, Wednesday

सेयर बजारमा दोहोरो अंककाे गिरावट

काठमाडौं – साताको पहिलो दिन आज सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ। आज बजार ३९.४० अंकले ओरालो लागेर नेप्से परिसूचक दुई हजार ६९३.१० को विन्दुमा झरेको छ।

राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि आज ४.९९ अंकले घटेर ५१३.६४ को विन्दुमा झरेको छ। आज कारोबार रकम चार अर्ब रुपैयाँभन्दा बढीको भएको छ। आज नेप्से उपसमूहमा रहेका १३ वटामध्ये एउटा मात्रै हरियाली छाएको छ भने १२ वटामा रातो पोतिएको छ। अन्य समूह ०.४२ प्रतिशतले उकालो लागेको छ।

आज जीवन बीमा समूह सर्वाधिक २.४४ प्रतिशतले ओरालो लागेको छ भने उत्पादन तथा प्रशोधन समूह २.३७ प्रतिशतले घटेको छ। बैंकिङ समूहमा १.४७ प्रतिशत, व्यापार समूहमा १.९५ प्रतिशत, होटेल तथा पर्यटन समूहमा १.४३ प्रतिशत, विकास बैंक समूहमा १.९३ प्रतिशत, वित्त समूहमा २.०२ प्रतिशतले ओरालो लागेको आज निर्जीवन बीमा समूहमा २.२५ प्रतिशत, लघुवित्त समूहमा १.२६ प्रतिशत, म्युचुअल फन्ड समूहमा १.१२ प्रतिशत र लगानी समूहमा १.८८ प्रतिशतको गिरावट आएको छ।

Related News

शिखर नगरपालिकाद्वारा प्रधानमन्त्री राहत कोषमा २२ लाख सहयोग
शिखर नगरपालिकाद्वारा प्रधानमन्त्री राहत कोषमा २२ लाख सहयोग
  • २०७८ फाल्गुन ८

दिपायल – डोटीको शिखर नगरपालिकाले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,...

TOP