२०८३ बैशाख ७, सोमबार
April 20, 2026, Monday

भालुको पित्त र यार्सागुम्बा सहित कञ्चनपुरबाट १ जना पक्राउ

कञ्चनपुर – भालुको पित्त र यार्सागुम्बा सहित कञ्चनपुरबाट १ जना पक्राउ परेका छन । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले कृष्णपुर नगरपालिका – ४ स्थित बनदेवी मन्दिर छेउबाट भालुको पित्त र यार्सागुम्बा सहित जुम्ला कनिकासुन्दरी गाउँपालिका – ३ का ५७ बर्षिय बिर्ख धामीले पक्राउ परेका हुन ।

उनको साथबाट अन्दाजी १५० ग्राम तौल भएको भालुको पित्त र २५ ग्राम यार्सागुम्बा फेला परेको र, थप अनुसन्धान गर्दै जाँदा कैलालीको गोदावरी नगरपालिका – २ मा रहेको उनको डेराबाट थप ५०० ग्राम यार्सागुम्बा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रहरीले थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय कञ्चनपुर पठाईएको जनाएको छ ।

Related News

ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
  • २०७८ फाल्गुन ७

दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...

TOP