२०८३ असार ८, सोमबार
June 22, 2026, Monday

शेयर बजार आज पनि घट्यो

काठमाण्डाै – शेयर बजार परिसूचक नेप्से आज बिहीवार पनि घटेको छ । नेप्से आज एक दशमलव ९३ अङ्कले घटेर दुई हजार सात सय ३२ दशमलव ५२ विन्दुमा झरेको छ ।

आज व्यापार, जलविद्युत्, उत्पादन र म्युचुल फन्ड समूहको शेयर सामान्य बढेको छ भने अरू समूहको शेयर सामान्य ओरालो लागेको छ ।

आज बजारसँगै कारोबार रकम पनि घटेको छ । दुई सय २७ कम्पनीका ४० लाख १७ हजार कित्ता शेयर दुई अर्ब २७ करोड ७८ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै जीवन विकास लघुवित्त संस्थाको २२ करोड ३७ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

आज सबैभन्दा धेरै बुद्धभूमि नेपाल हाइड्रोको शेयर चार प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि तेह्रथुम पावर कम्पनी र युनाइटेड मर्दी जलविद्युत् कम्पनीको शेयर झण्डै साढे ६ प्रतिशतले बढेको छ ।

Related News

होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित
होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित
  • २०७८ फाल्गुन ५

दिपायल – होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित...

TOP