२०८३ बैशाख ७, सोमबार
April 20, 2026, Monday

आफूखुसी उम्मेद्वारी घोषणा नगर्न कांग्रेस कञ्चनपुरको आग्रह

कञ्चनपुर – नेपाली कांग्रेस कञ्चनपुरले आसन्न स्थानीय तह चुनावका लागि स्वैच्छिक ढंगले उम्मेद्वारी घोषणा नगर्न कार्यकर्ताहरुलाई आग्रह गरेको छ ।

हिजो एक सूचना जारी गर्दै पार्टीले आधिकारीक उम्मेदवार तय नगर्दासम्म सामाजिक सञ्जाल, पत्रिका र अन्य माध्यमहरुमा आफू खुसी उम्मेदवारी घोषणा नगर्न भनेको हो । कांग्रेस भीमदत्तकी नेतृ नितु भट्टले केही मिडियामा आफू उपमेयरको आकांक्षी रहेको बताएकी थिइन् ।

सरकारले बैशाख ३० गते स्थानीय निर्वाचनको मिति तय गरेको र उक्त निर्णय स्वागतयोग्य भएको कांग्रेस कञ्चनपुरले जनाएको छ । यसैगरी, पार्टीको पक्षमा जनमत सृजना गर्न कार्यकर्तालाई निर्देशन दिएको छ ।

कांग्रेस कञ्चनपुरका सचिव भीमराज भट्टद्धारा जारी सूचनामा पार्टीका सबै तह र तप्कामा रहेकाहरुलाई निर्वाचनको परिणाम कांग्रेसको पक्षमा ल्याउन आ–आफ्नो क्षेत्रमा सक्रिय भई लाग्न अनुरोध गरिएको छ ।

Related News

ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
  • २०७८ फाल्गुन २

दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...

TOP