२०८३ श्रावण २८, बिहीबार
August 13, 2026, Thursday

भारतबाट आएर मकैबारीमा लुकेका १४ जनालाई क्वारेन्टाइनमा राखियो

भारतका विभिन्न स्थानबाट आएका १४ जना नेपालीलाई झापाका स्थानीय तहले निर्माण गरेका क्वारेन्टाइनमा राखिएको छ।

अनधिकृत बाटो हुँदै मकैबारीमा लुकेका उनीहरुलाई स्थानीय तहको जिम्मा लगाएर क्वारेन्टाइनमा राख्न भनिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

बिहीबार झापाको दक्षिणी स्थानीय तह झापा गाउँपालिका १ सालमारी कुवाडीबाट ती १४ जना नेपाल प्रवेश गरेको प्रहरीको भनाइ छ।

भारतमा मजदुरी गर्दै आएका उनीहरुले त्यहाँ खान नै पाउन गाह्रो भएपछि नेपाल आएको बताए।

नेपालमा नाका खुल्ला नभएपछि उनीहरु लुकीछिपी नेपाल प्रवेश गरेर मकैबारीमा लुकेर बसेका थिए। नेपालका किसानले लगाएको मकैबारीमा मकैका बोट अग्लो भएको र सीमासम्मै मकैबारी भएका कारण उनीहरु मकैबारीमा लुकेर बसेका थिए।

जिल्ला प्रहरी कार्यालय झापाको टोली र स्थानीयबासीको संयुक्त प्रयासमा उनीहरुलाई फेला पारिएको थियो।

त्यस्ता स्थानमा अहिले प्रहरीले स्थानीयबासीलाई सजग गराएको छ। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार भारतबाट अनधिकृत रुपमा भित्रिनेहरुको सूचना स्थानीयबासीले आफैं दिन थालेका छन्।

मकैबारीमा उनीहरुलाई खोज्न प्रहरीलाई करिब चार घन्टा लागेको थियो। १४ जनामध्ये १२ जना झापाका तथा २ जना कैलालीका रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिए।

नेपाल प्रवेश गर्नेहरुमा कनकाई, हल्दिवारी , मेचीनगर, अर्जुनधारा, शिवसताक्षी र कैलालीका रहेका बताइएको छ।

Related News

डोटीको शैंयाँ आधारभूत अस्पतालमा स्वास्थ्यकर्मी नपाउँदा सुत्केरीले बाटोमै बच्चा जन्माइन्
डोटीको शैंयाँ आधारभूत अस्पतालमा स्वास्थ्यकर्मी नपाउँदा सुत्केरीले बाटोमै बच्चा जन्माइन्
  • २०७६ चैत्र २१

डोटीको शैंयाँ आधारभूत अस्पतालमा स्वास्थ्यकर्मी नपाउँदा सुत्केरीले बाटोमै बच्चा जन्माइन्...

TOP