
कञ्चनपुर – कञ्चनपुरमा ८६ हजार घरपालुवा जनावर भेडा र बाख्रालाई पिपिआर विरुद्धको खोप लगाइएको छ। महामारीजन्य रोग पिपिआरबाट जोगाउनका लागि जिल्लाका नौ वटै स्थानीय तहका बासिन्दाका घरपालुवा जनावर बाख्रा र भेडालाई पिपिआर महामारी रोग विरुद्धमा खोप लगाइएको हो।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरका सूचना अधिकारी शङ्करदत्त जोशीका अनुसार चालु आवको दोस्रो चौमासिकमा भेडा, बाख्रामा लाग्ने पिपिआर महामारी रोग विरुद्ध सो खोप लगाइएको हो।
सूचना अधिकारी जोशीले भेडा र बाख्राबाट मासुजन्य पदार्थ मानिसले उपभोग गर्ने भएकाले खोप लगाएका भेडा र बाख्राको मासु उपभोग गर्दा लाभदायक हुने बताए। “चालु आवमा ९० हजार भेडा बाख्रलाई पिपिआर खोप लगाउने लक्ष्य छ”, उनले भने, “दोश्रो चौमासिकमै ८६ हजारलाई खोप लगाइसकेका छौं। अभियान निरन्तर जारी रहन्छ।” एक पटक खोप लगाईसकेपछि ३ वर्षका लागि ढुक्क हुने उनको भनाइ छ।
रासस
दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...