
कञ्चनपुर – कञ्चनपुरमा मिलको पट्टामा बेरिएर एक बालिकाको मृत्यु भएको छ। जिल्लाको कृष्णपुर नगरपालिका वडा नम्बर १ मा रहेको मिलको पट्टामा दिल बहादुर खत्रीकी ११ वर्षीया छोरी ललिता खत्रीको मृत्यु भएको हो।
दिउँसोको खेल्ने क्रममा अचानक चलिरहेको मिलको पट्टामा बेरिएर उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहले बताए। मृतक बालिकाको शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको प्रवक्ता शाहले जानकारी दिए ।
दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...