२०८१ जेष्ठ ६, आईतवार
May 19, 2024, Sunday

पत्रकार महासंघलाई जनपत्रकार संगठनको ज्ञापन


डोटी – जनपत्रकार संगठन नेपाल डोटीले नेपाल पत्रकार महासंघ डोटी शाखालाई ज्ञापनपत्र बुझाएको छ ।

संगठनका अध्यक्ष जीवन थापाले महासंघका अध्यक्ष मोहन शाहीलाई श्रमजीवी पत्रकारहरूको पेशागत सुरक्षा, न्यूनतम पारिश्रमिक , क्षमता अभिवृद्धि लगायतका माग गर्दै ज्ञापन पत्र बुझाएको हो ।

ज्ञापनपत्र बुझ्दै महासंघका अध्यक्ष शाहीले महासंघ आफ्नो विधि विधानमा रहेर कर्य गरिरहेको बताए । उनले पत्रकार आचार संहिताको कार्यान्वयन , प्रेस स्वतन्त्रता, पेशागत सुरक्षाका लागि कटिबद्ध रहेको बताउँदै पत्रकारहरुले पनि आचारसंहिताको पूर्ण पालन गर्नुपर्ने बताए ।

जनपत्रकार संगठन नेपालले सुदूरपश्चिम प्रदेशका सबै जिल्ला शाखा र प्रदेश समितिलाई पनि ज्ञापनपत्र बुझाएको संगठनका प्रदेश अध्यक्ष प्रकाश थापाले बताए ।

जनपत्रकार संगठन नेकपा बिप्लब निकट जनवर्गीय संगठन हो ।

Related News

विद्यालयमा विषेशज्ञ सहितको स्वास्थ्य शिविर सञ्चालन, ६७७ जनाले पाए सेवा
विद्यालयमा विषेशज्ञ सहितको स्वास्थ्य शिविर सञ्चालन, ६७७ जनाले पाए सेवा
  • २०७८ माघ २०

दिपायल ५ जेठ- सरस्वती मावि रानागाउँमा एक दिने स्वास्थ्य शिविर...

TOP