२०८३ असार १६, मंगलवार
June 30, 2026, Tuesday

बैतडीमा जनशक्ति अभावमा भेन्टिलेटरसहितको आइसियु थन्कियो

बैतडी – जनशक्ति अभावमा जिल्ला अस्पतालमा जडान गरिएको भेन्टिलेटर सञ्चालन हुन सकेको छैन। कोरोना सङ्क्रमण बढ्न थालेपछि गत वर्ष जडान गरिएको भेन्टिलेटरसहितको आइसियु सञ्चालनमा आउन नसकेको हो। दक्ष जनशक्तिको अभावमा भेन्टिलेटर प्रयोगमा ल्याउन नसकिएको अस्पतालका प्रमुख डा वसन्तराज जोशीले बताए। उनले भने, “सरकारले जनशक्ति नपठाउँदा भेन्टिलेटरसहितको आइसियु कक्ष सञ्चालनमा समस्या भएको छ। भेन्टिलेटर सञ्चालनका लागि नभई नहुने एनेस्थेसियोलोजिस्ट र फिजिसियन चिकित्सकको अभाव छ।”

सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा गत वर्षको मङ्सिरमा भेन्टिलेटरसहितको दुई शय्याको आइसियु कक्ष स्थापना गरिएको थियो। अस्पतालमा भेन्टिलेटर सञ्चालनका लागि आवश्यक जनशक्ति नहुँदा कोरोनाको महामारीमा पनि प्रयोगमा ल्याउन नसकिएको अस्पतालका सूचना अधिकारी हरिशप्रसाद पन्तले बताए। उनले भने, “जनशक्ति अभावमा उपकरण जडानपछि त्यस्तै थन्किएको छ।”

श्वासप्रश्वासमा समस्या भएका जटिल खालाका सङ्क्रमितलाई अहिले डडेल्धुरा तथा कैलाली जिल्ला पठाउनु परेको र कतिपयको भने त्यहाँ नपुग्दै बाटो नै मृत्यु हुने गरेको थियो। भारतसँग सीमा जोडिएको बैतडीमा कोरोना सङ्क्रमणका कारण हालसम्म १९ जनाले ज्यान गुमाएका छन्।

प्रत्येक पहाडी जिल्लामा दुईवटा भेन्टिलेटरसहितको आइसियु कक्ष राख्ने सुदूरपश्चिम प्रदेश सरकारको निर्णयअनुरूप कक्ष सञ्चालनमा ल्याइएको थियो।

रासस

Related News

नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीमा चुनौती: सदस्यता विवाद कायमै, ३ लाख नयाँ सदस्य थप्ने लक्ष्य
नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीमा चुनौती: सदस्यता विवाद कायमै, ३ लाख नयाँ सदस्य थप्ने लक्ष्य
  • २०७८ माघ १९

नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीमा चुनौती: सदस्यता विवाद कायमै, ३...

TOP