
काठमाडाैं – धितोपत्र कारोबार हुने साताको दाेस्राे दिन साेमबार दाेहाेराे अंकले ओरालाे लागेकाे सेयर बजार आज भने दोहोरो अंकले उकालो लागेको छ।
मंगलबार बजार १९.२९ अंकले बढेर नेप्से परिसूचक २ हजार ८९१.३३ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीका सूचक सेन्सेटिभ पनि ३.९८ अंकले बढेर ५४२.९० को विन्दुमा पुगेको छ।
आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ९ वटामा हरियाली छाएको छ भने ४ वटामा रातो पोतिएको छ। कारोबार रकम हिजोको तुलनामा बढेर आज साढे ६ अर्ब रुपैयाँ बढीको भएको छ। आज जलविद्युत समूह सर्वाधिक ३.२२ प्रतिशतले उकालो लागेको छ।
विकास बैंक समूह १.६१ प्रतिशतले बढेको आज बैंकिङ समूहमा ०.२९ प्रतिशत, वित्त समूहमा १.४४ प्रतिशत, लगानी समूहमा ०.११ प्रतिशत, लघुवित्त समूहमा ०.८९ प्रतिशत, म्युचुअल फन्ड समूहमा १.४५ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.७० प्रतिशत र अन्य समूहमा ०.०४ प्रतिशतले वृद्धि भएकाे छ।
आज उत्पादन तथा प्रशोधन समूहमा सर्वाधिक ०.१८ प्रतिशतको गिरावट आएको छ। व्यापार समूह ०.१७ प्रतिशतले ओरालो लागेको यो दिन होटेल तथा पर्यटन समूहमा ०.०८ प्रतिशत र जीवन बीमा समूहमा ०.०८ प्रतिशतको गिरावट आएको छ।
दिपायल – होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित...