२०८३ असार १६, मंगलवार
June 30, 2026, Tuesday

आचरण विपरित काम गरेको भन्दै बैतडीका २२ वडासचिवलाई स्पष्टीकरण सोधियो

बैतडी – बैतडीमा कार्यरत २२ जना वडासचिवलाई स्पष्टीकरण सोधिएको छ । जिल्ला प्रशासन कार्यालय बैतडीले आचरणविपरीत काम गरेको भन्दै २२ जना वडासचिवलाई स्पष्टिकरण सोधेको हो ।

व्यक्तिगत घटना अनलाइनमा दर्ता नगरेको, २० वर्ष नपुगेकाको विवाह दर्ता गरेको लगायतका कारण स्पष्टीकरण सोधिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए ।

स्पष्टिकरण सोधिएका वडासचिवहरुमा सुर्नया गाउँपालिकाका ६ वटा वडा, दशरथचन्द नगरपालिकाका २ वडा, पाटन नगरपालिकाका ५ वडा, दोगडाकेदार गाउँपालिकाका २ वडा, डिलाशैनी गाउँपालिकाका २ वडा, मेलौली नगरपालिकाका २ वडा, सिगास गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाका एक÷एक वटा वडाका रहेका छन ।

राष्ट्रिय पञ्जीकरण विभागले व्यक्तिगत घटना अनलाइनमा दर्ता गर्नुपर्ने नीति बनाए पनि बैतडीका धेरै जसो वडामा अनलाइन दर्ता नभएकाले स्पष्टीकरण सोधिएको सूचना अधिकारी भारतीले बताए । धेरै जसो वडा सचिवले कानुन नै नपढी हचुवाका भरमा व्यक्तिगत घटना दर्ता गरेको पाइएकाले स्पष्टीकरण सोधिएको उनको भनाइ छ ।

‘२० वर्ष नपुगेकाको विवाह दर्ता गरेको पाइएको, धेरै जसोले व्यक्तिगत घटना दर्ता अनलाइनमा नगरेको पाइएकाले स्पष्टीकरण सोधिएको हो’ सूचना अधिकारी खगेन्द्र भारतीले भने, ‘पहिलो पटक उनीहरूलाई सचेत गराउन स्पष्टीकरण सोधेका र दोहिरिएमा कानुनबमोजिम कारवाहीका भागेदार हुनेछन् ।’

नागरिकता बनाउनका लागि जिल्ला प्रशासन कार्यालय पुग्ने नागरिकका लागि जन्मदर्ता, विवाहदर्तालगायतका कागजपत्र चाहिने र ती कागजपत्र अनलाइनमा भरेको हुनुपर्ने भए पनि त्यसो नगरेका वडा सचिवहरूलाई स्पष्टीकरण सोधिएको सूचना अधिकारी भारतीले बताए । पहिलोपटक स्पष्टीकरण सोध्ने र दोहोरिँदै गए कारवाही गरिने उनको भनाइ छ ।

पञ्जीकरण विभागले व्यक्तिगत घटना दर्तालाई सहज बनाउन प्रत्येक स्थानीय तहमा एमआइएस अपरेटर राखेको छ । २०७५ भदौ १ गतेपछिका हरेक व्यक्तिगत घटना दर्ता अनलाइनमा दर्ता हुनुपर्ने भएकाले त्यसो नभएकाले स्पष्टीकरण सोधिएको हो । यसका साथै मुलुकी संहिता २०७४ को दफा ७० को घ अनुसार विवाह दर्ता नगरेको पाइएको छ ।

पञ्जीकरण विभागकै कार्ययोजना अनुसार अनलाइन घटना दर्ता नहुँदासम्म नागरिकता प्रदान गर्न नसकिने जनाइएको छ ।

Related News

नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीमा चुनौती: सदस्यता विवाद कायमै, ३ लाख नयाँ सदस्य थप्ने लक्ष्य
नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीमा चुनौती: सदस्यता विवाद कायमै, ३ लाख नयाँ सदस्य थप्ने लक्ष्य
  • २०७८ माघ १७

नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीमा चुनौती: सदस्यता विवाद कायमै, ३...

TOP