२०८३ असार ८, सोमबार
June 22, 2026, Monday

हप्ताको पहिलो शेयर बजारमा हरियाली

हप्ताको पहिलो दिन शेयर बजार एक सय अङ्कभन्दा धेरैले बढेर हरियो भएको छ । शेयर बजार परिसूचक नेप्से आज आइतवार एक सय पाँच दशमलव ५५ अङ्कले बढेर दुई हजार आठ सय ८५ दशमलव ५३ विन्दुमा पुगेको छ । 

आज सबै समूहको शेयर बढेको छ । विकास बैंक, जलविद्युत्, फाइनान्स, माइक्रोफाइनान्स र बीमा समूहको शेयर उच्च अङ्कले बढेको छ । 

आज दुई सय ३१ कम्पनीका एक करोड २१ लाख कित्ता शेयर ६ अर्ब ३२ करोड रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै अपी पावर कम्पनीको २६ करोड १५ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज विन नेपाल लघुवित्त, लिवर्टी इनर्जी, शिवश्री हाइड्रो, निफ्रा र बुद्धभूमि हाइड्रोको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । दुई सय ३१ मध्ये ११ वटा कम्पनीको शेयर सामान्य घटेको छ । 

हिजो शनिवार बसेको सत्तारुढ गठबन्धनको बैठकले जेठभित्रै स्थानीय तहको चुनाव गर्ने निर्णय गरेको सकारात्मक खबरले शेयर बजार बढेको हुन सक्ने विश्लेषकहरूले बताएका छन् । 

Related News

होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित
होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित
  • २०७८ माघ १६

दिपायल – होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित...

TOP